जङ्गली च्याउ खाँदा मृत्यु

पाँचथर, १३ असार । जङ्गली च्याउ खाँदा मिक्लाजुङ गाउँपालिका – ७ लुम्बाफे बस्ने एक बालकको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी चन्द्रबहादुर माखिमका नाति १० वर्षीय सङ्गम छन् । उपचारका क्रममा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जङ्गली च्याउ खाँदै गरेकी उनकी नातिनी सातवर्षीया सपनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *