निजी मेडिकल कलेज खारेजीको माग गर्दै चिकित्सकद्धारा जारी आन्दोलन फिर्ता

चिकित्सकको आन्दोलनका कारण अलपत्र परेका एक विरामी

कोलम्बो ११ असार । श्रीलङ्कामा सरकारी अस्पतालमा कार्यरत चिकित्सवकद्वारा गरिएको तीनदिने हडतालको शनिबार अन्त्य भएको छ ।

चिकित्सकको छाता सङ्गठन ‘गमरन्मेन्ट मेडिकल अफिसर्स एसोसिएसन’ (जिएमओए) ले बिहीबारदेखि सन् २००८ मा स्थापना गरिएका निजी मेडिकल कलेज मापदण्ड विपरीत स्थापना भएको भन्दै तिनीहरुको खारेजीको मागसहित आन्दोलनको घोषणा गरेको थियो ।

आन्दोलनका कारण प्रायः निम्न आम्दानी भएका र स्वास्थ्य सेवाका लागि सरकारी अस्पताल पुग्नुपर्ने बाध्यता भएका लाखौँ सेवाग्राही प्रभावित भएका बताइएको छ ।

शनिबार राष्ट्रपति मैत्रिपाला सिरिसेनासँग चिकित्सकले गरेको सम्झौतापछि सेवा सञ्चालनमा आएको हो । राष्ट्रपति सिरिसेनाले स्वास्थ्य शिक्षामा देखिएका समस्या सुधारका लागि आफूले पहल गर्न सहमत भएपछि आन्दोलन स्थगित भएको जिएमओएका प्रवक्ता समान्थ आनन्दले बताउनुभयो ।

आन्दोलनका समय निजी अस्पतालले भने सेवाप्रवाह गरिरहेका थिए । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *