योग दिवसको उपलक्ष्यमा रक्तदान

काठमाडौँ, १० असार । तेस्रो अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पतञ्जली योग समिति, काठमाडौँ जिल्ला–२ ले आज कपन बङ्गलामुखीमा योगसम्बन्धी प्रवचनका साथै खुल्ला रक्तदान कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रममा पतञ्जली योगपीठका ट्रष्टी शालिग्राम सिंहले टोलटोलमा खुलेका योग केन्द्रले मानसिक शान्तिका साथै आपसी सद्भाव कायम गरेको बताए ।

पतञ्जली योग समितिका पूर्व अध्यक्ष शम्भु दाहालले प्रत्येक वडा र टोलटोलमा सञ्चालित योग शिविरले मानिसलाई सक्रिय बनाउनुका साथै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको उल्लेख गरे ।

काठमाडौँ जिल्ला–२ का अध्यक्ष सुरेन्द्र रिमालका अनुसार समितिले दैनिक २३ वटा शिविर सञ्चालन गर्नुका साथै साप्ताहिकरुपमा विभिन्न चेतनामूलक र सामाजिक कार्य गर्दै आएको छ ।

कार्यक्रममा ६० जनाले रक्तदान गर्नुभएको महिला अध्यक्ष इन्दिरा लुइँटेलले जानकारी दिइन् ।

संयुक्त राष्ट्रसङ्घले विगत तीन वर्षदेखि जुन २१ अर्थात् असार ७ गतेलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *