नौ कुण्ड बन्यो नेपालकै पहिलो पूर्णखोप सुनिश्चत गाँउपालिका

गाँउपालिका प्रमुख घलेलाई पूर्णखोप सुनिश्चित गाँउपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्दै जिल्ला स्वास्थ्य प्रमुख डा. गौतम

रसुवा १० असार । जिल्लाको नौ कुण्ड गाँउपालिका (साविकका यार्सा, समरथली र भोर्ले गाविस) शुक्रबारबाट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । जन्मेदेखि एक बर्ष भित्रका सबै बालबालिकाले तोकिएका सबै खोपहरु पुरा गरेपछि नौ कुण्डलाई पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषणा गरिएको हो ।

शुक्रबार आयोजित विशेष कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा झलक शर्मा गौतमले नव निर्वाचित गाँउपालिका प्रमुख नुर्वु स्याङतो घलेलाई पूर्णखोप सुनिश्चित गाँउपालिका भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै डा गौतमले जिल्लालाई पूर्ण खोप घोषणा गराउने अभियान अन्तर्गत नौ कुण्ड पूर्णले सबै प्रतिवद्धता पुरा गरेपछि खोप घोषणा गरिएको बताए ।

उनले नयाँ संरचनामा अन्तर्गत स्थानीय तहको निर्वाचन पछि पूर्ण खोप सुनिश्चित भएको पहिलो गाँउ पालिका भएको दावी गरे । डा गौतमले रसुवालाई आगामी असोजसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिकाम अघि बढेको बताए । त्यसो त मापदण्ड पुरा गरेपछि आज कालिका र भोली उत्तर गया गाँउपालिका पनि पूर्णखोप सुनिश्चित गाँउपालिका हुँदैछन् ।

सन् २०१७ सम्म नेपाललाई पूर्ण खोपयुक्त राष्ट्र बनाउने अभियान बमोजिम अहिलेसम्म २३ जिल्ला र साविकका करिब १ हजार ६ सय गाविस पूर्ण खोप सुनिश्चित घोषणा भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “नौ कुण्ड बन्यो नेपालकै पहिलो पूर्णखोप सुनिश्चत गाँउपालिका

  1. रसुवा जिल्ला को लागि होला तर नेपाल कै लागि त नयाँ सँरचना अनुसार यो भन्दा अगाडि मिति २०७४/२/२२ मा स्याङ्जा जिल्ला को आधिँखोला गाउँपालिका पुर्णखोप गाउँपालिका घोषणा भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *