यी हुन् एघारौँ तहको लिखित परीक्षामा पास गर्ने दुई डाक्टर

काठमाडौँ ९ असार । लोकसेवा आयोगले स्वास्थ्य सेवा मेडिसिन समूह नेफ्रोलोजी उपसमूह प्रमुख कन्सलटेन्ट नेफ्रोलोजिष्ट पद एघारौँ तहमा रिक्त एक पदका लागि लिएको लिखित परीक्षामा दुई जना चिकित्सकले नाम निकालेका छन् ।

नाम निकाल्ने चिकित्सकहरुमा डा. रजनी हाडा र डा. सागरकुमार दुवाल श्रेष्ठ रहेका छन् । आयोगले नाम निकाल्न सफल दुबै उमेद्धारलाई सात दिन भित्र उपस्थित भई आवश्यक प्रमाणपत्रहरु पेश गर्न भनेको छ ।

तर आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुनका लागि मागिएको दरखास्तमा कसैको पनि निवेदन परेन । आन्तरिक तर्फ २ वटा पद रिक्त थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *