हैजाबाट यमनमा करिब तीन लाख विरामी, बाह्रसय भन्दाबढीको मृत्यु

जेनेभा, ९ असार । यमनमा देखिएको हैजाको प्रकोप भयानक बन्दै गएको समाचार छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले सो जानकारी दिएका छन् ।

प्राप्त समाचारअनुसार यसै बर्षको सुरुदेखि हालसम्म यहाँ फैलिएको हैजाको प्रकोपबाट कम्तीमा पनि एक हजार २६५ को ज्यान गएको छ ।

संयुक्त राष्ट्रसंघीय अधिकारीकाअनुसार सो प्रकोपबाट यस बर्षको अन्त्यसम्ममा कम्तीमा पनि तीन लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

हैजाको प्रकोपबाट भएको सो सङ्क्रमण यसबर्षको अन्त्यसम्ममा कम्तीमा पनि तीनलाख पुग्ने र यसको नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएमा यसको प्रकोप निकै नै भयानक बन्दै जाने बताएका छन् ।

यमनमा केही वर्षयतादेखि विद्रोह जारी रहेको छ । सो विद्रोहका कारण नागरिकका आधारभूत आवश्यकतामा पनि असर परिरहेको छ ।

न्युनतम मानवीय सहायता पनि पाउन नसक्दा यहाँका बालबालिकाका साथै विभिन्न व्यक्ति हैजाको सङ्क्रमणबाट प्रभावित भएका छन् । रासस÷एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *