स्वास्थ्य चौकीको नेतृत्व गर्ने विषयमा हेअ र सीअहेवबीच पुन: विवाद

कपिलवस्तु ९ असार । स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टले गर्ने कि सीअहेवले गर्ने भन्ने विवाद पुन देखिन थालेको छ । चार महिना अघि चरम विवादमा पुगेको यो विषयलाई स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गरि मिलाएको थियो भने मन्त्रिपरिषदबाटै स्वास्थ्य चौकीको नेतृत्व हेल्थ असिस्टेन्टले गर्ने निर्णय भएको थियो ।

तर जिल्लामा पछिल्लो पटक स्वास्थ्य चौकीको नेतृत्व गर्न पुगेका नयाँ हेल्थ असिस्टेन्टलाई पुराना सीअहेवले अहिले पनि नेतृत्व गर्न दिएका छैनन् । हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) कपिलवस्तुका अनुसार लोकसेवा आयोग पास गरी जिल्लाका विभिन्न चौकीमा सिफारिस भई आएका नयाँ हेअलाई पुराना सीअहेवले दुख दिन थालेका छन् । हान कपिलवस्तुका अध्यक्ष दुर्गेशलाल चौधरीले विहीबार विज्ञप्ती जारी गर्दै सो जानकारी दिएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, नयाँ हेल्थ असिस्टेन्ट लाई केही स्वास्थ्य चौकीमा सम्बन्धीत संस्थाका केही सिअहेव साथीहरुले बदनियत तरिकाले विभिन्न बाहानाबाजी अपनाई कार्यालयको प्रशासनिक तथा प्राविधिक कार्यमा बाधा पुरयाउने , कार्यलय प्रमुख आफै बनि जबरजस्ती कार्यालय सञ्चालन तथा कार्यालय प्रमुखको छाप दुरुपयोग गर्ने काम भईहेकोले गम्भीर ध्यानाकर्षण भएको छ ।’

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५(२),स्तरविृद्धि सम्बन्धीदफा ९(४) र स्वास्थ्य सेवा नियमावली २०५५को अनुसुचि ५ तथा स्वास्थ्यचौकी स्तरीय दरबन्दी तेरिज अनुसार स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट (हे.अ)हुने प्रावधान रहे पनि सि. अ. हे. ब हरुले स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवा नियमावली विपरति नँया हेल्थ असिस्टेन्ट (हे.अ)हरु लाईकेही स्वास्थ्य चौकीमा प्रमुखको जिम्मेवारि नदिएको भन्दै अध्यक्ष चौधरीले  सम्बन्धीत स्वास्थ्थकर्मीहरुलाई कानुनी कठघरामा ल्याउन बध्य हुने चेतावनी दिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *