स्वास्थ्यका तीन डाक्टर १२औं तहमा बढुवा

काठमाडौँ, ८ असार । स्वास्थ्य मन्त्रालय अन्तर्गतका तीन जना डाक्टर  प्रमुख विशेषज्ञ (१२ औं तह ) मा बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले तीन जना डाक्टरलाई १२औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेमा वीर अस्पतालमा कार्यरत डा. दिनेश श्रेष्ठ, प्रसूति गृहमा कार्यरत डा. पुष्पा चौधरी र कान्ती बाल अस्पतालमा कार्यरत डा. विनोदमान श्रेष्ठ रहेका छन् ।

यस अघि बढुवा समितिले पाँच जना डाक्टरको नाम सिफारिस गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *