चिकित्सक संघद्धारा अबैध गर्भपतनमा सम्लग्न चिकित्सकलाईे रिहाई गर्न माग

इटहरी, ७ असार । नेपाल चिकित्सक संघले अनाधिकृत गर्भपतन गरेको अभियोगमा पक्राउ परेका चिकित्सक बालकृष्ण साहको रिहाइको माग गरेको छ ।

अनाधिकृत गर्भपतन गरेको अभियोगमा प्रहरीले सोमबार इटहरीको पशुपति अस्पतालमा कार्यरत चिकित्सक साहलाईे पक्राउ गरेको थियो ।

महिलाको गर्भपतन गराउने र धेरै पैसा असुल्ने गरेको प्राप्त सूचनाका आधारमा सो अस्पतालको निगरानी गर्दा एक महिलाले गर्भपतन गराएको र उनको स्वास्थ्य जोखिमपूर्ण रहेको पाएपछि चिकित्सक साह र अस्पताल सञ्चालक पशुपति चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पशुपति अस्पताल इटहरीले सुरक्षित गर्भपतन गराउने अनुमति पाएको छैन् । गर्भपतन गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरानमा पठाइएको छ । उनको स्वास्थ्य क्रमिकरुपमा सुधार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनले महिलाको अवैध गर्भपतन गराउने अनधिकृत कार्य गरेको र गर्भपतन गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर देखिएकाले ती दुवैलाई तत्काल पक्राउ गरिएको बताउँदै यसबारे थप अनुसन्धान भइरहेको र दोषी देखिए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढाउने छ बताए ।

सञ्चालक चौधरी गतवर्ष नक्कली चिकित्सकको आरोपमा सीआइबीद्धारा समातिएका व्यक्ति समेत हुन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *