असार ७ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ५ असार । ‘योग गरौँ, निरोग बनौँ’ भन्ने नाराका साथ असार ७ ९२१ जुन० गते तेस्रो अन्तर्राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाइने भएको छ ।

शिक्षा मन्त्रालय र पतञ्जली योगपीठ नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सो दिन काठमाडौँको प्रदर्शनीमार्गमा विशेष कार्यक्रमका साथ बिहान ५ बजे प्रधानमन्त्रीको उपस्थितीमा ‘योगाभ्यास’ कार्यक्रम गरिनेछ ।

मुल समारोह समितिका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका सहसचिव डा हरि लम्सालले उक्त दिन देशभरका विद्यालयमा योग अभ्यासबारे बहस र छलफलका कार्यक्रमसहित योगाभ्यास समेत गरिने बताए। उनले भने, “योगका विषयमा आम जनमानसलाई सुसूचित गराई नियमित योग गर्ने परम्परा बसाल्न सरकारीस्तरबाट पहल सुरु भएको छ, ७५ जिल्लामा योगाभ्यास कार्यक्रम सञ्चालन हुनेछन् ।”

संयुक्त राष्ट्र सङ्घले गत वर्षदेखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले योग दिवसलाई नेपालले महत्व दिएकोमा खुशी व्यक्त गरे । “योगले शारीरिक मात्र नभई मानसिक रुपमा पनि स्वस्थ रहन सहयोग गर्छ, योग गर्दा हाम्रो जीवनशैलीमा सन्तुलन ल्याउन मद्धत पुग्छ”–उनले भने ।

शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पूर्वीय सभ्यता र सनातन धर्मलाई पश्चिमा देशमा लैजान यो दिवस महत्वपूर्ण अवसर भएको बताउँदै योगसँगै अब सरकारले आयुर्वेद शिक्षालाई अगाडि बढाउने योजना बनाएको छ भने ।

मानिसको आहार विहार, जीवनशैलीमा आएको परिवर्तनले विश्वमा शारीरिक, मानसिक र सामाजिक जीवन तनावपूर्ण बन्दै गएको र त्यसबाट मुक्त हुन योगाभ्यास गर्नेको सङ्ख्या बढ्दै गएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *