यस्तो बन्दैछ संघीय संरचनामा स्वास्थ्य सेवा प्रणाली र संरचना

काठमाडौँ, ४ असार । संघीय नेपालमा विद्यमान स्वास्थ्य सेवा प्रणाली र त्यसको संरचनामा व्यापक हेरफेर भएको छ । आमनागरिकलाई पायक पर्ने स्थानमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने र गुणस्तरीय सेवामा पहुँच विस्तार गर्ने संविधानको मर्मलाई ध्यान दिँदै हालको स्वास्थ्य सेवा प्रणालीको संरचनामा हेरफेर गरिएको हो ।

निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाका पालामा तयार पारिएको र मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘एकीकृत स्वास्थ्य पूर्वाधार विकास योजनाु अनुसार अब विकट वा दुर्गमका बिरामीले सामान्य रोगको प्रयोगशाला जाँच वा उपचारका लागि अनावश्यक खर्च गरेर प्रदेश वा केन्द्र धाउनुपर्ने छैन । यसबाट समयमै रोग पहिचान र उपचार सम्भव हुने सरकारी अधिकारीको अपेक्षा छ ।

गाउँ तथा नगरपालिकाका प्रत्येक वडामा स्वास्थ्यचौकी, स्थानीय तहका हरेक वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाई हुनेछन् । त्यहाँ खोप, परिवार नियोजनका साधन, गर्भवती एवं शिशु जाँच, साधारण प्रसूति सेवा, क्षयरोगको उपचार, पोषण सेवा, मानसिक स्वास्थ्य सेवा, नसर्ने रोगको परामर्श, सामान्य सरुवा रोगको उपचार तथा नियन्त्रण, निःशुल्क औषधि वितरण, प्रयोगशाला सेवालगायत सम्पूर्ण आधारभूत सेवा उपलब्ध हुनेछन् ।

त्यसको समन्वयका लागि प्रत्येक स्थानीय तहमा स्वास्थ्य कार्यालय सञ्चालनमा ल्याईने बताइएको छ ।

कुन ठाँउमा कस्तो सेवा ?

 

  • आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *