फ्रान्सका प्रत्येक पाँचमा एक बालिकाको तौल सामान्यभन्दा कम : अध्ययन

पेरिस, ३० जेठ । फ्रान्समा प्रत्येक पाँच बालिकामध्ये एक जनाको तौल सामान्यभन्दा कम रहेको मङ्गलबार सार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

फ्रान्सको जनस्वास्थ्य संस्थाले सन् २०१५ मा ११ वर्षदेखि १४ वर्ष उमेर समूहका १९.६ प्रतिशत बालिकाको आवश्यकभन्दा कम तौल भएको भेटिएको र यो एक दशक पहिलेको तथ्याङ्कको तुलनामा पाँच गुणा बढी हो ।

त्यसैगरी ६ वर्ष देखि १७ वर्ष उमेर समूहमा १३ प्रतिशत बालिकाको कम तौल पाइएको र यो एक दशक पहिलेको तुलनामा आठ प्रतिशत वृद्धि हो ।

तर सान्ट पब्लिक फ्रान्सका शोधकर्ता बेनोइट सालानाभले अध्ययनप्रति शङ्का व्यक्त गर्दै छिट्टै निष्कर्ष निकाली नहाल्न आग्रह गरेकी छन् । हामीले प्रतिवेदनबारे पूर्ण व्याख्या नपाएको कारण यसमा गहिरो रुपमा अध्ययन गर्न जरुरी छ, उनले भनिन् । मुलुकको धेरै भागमा बालिकाहरु दुब्ला मात्रै भेटिएका थिए । यो ‘प्याथोलोजी’ र ‘एनोरेक्सिया’ का कारण होइन ।

यदि प्रतिवेदन सही भएमा पनि फ्रान्सेली अधिकारीले अन्य देशले मोटोपनामा देखाउनुपर्ने चासोजस्तै कम तौल भएका बालबालिकाका लागि विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘न्यु इङ्ल्याण्ड जोर्नल अफ मेडिसिन’ द्वारा सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा विश्वभर १० करोड ७० लाख बालबालिका र छ करोड तीन लाख वयष्क व्यक्तिमा मोटोपनसम्बन्धी समस्या भेटिएको जनाइएको थियो । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *