नर्सिङमा स्नातकोत्तर गर्न चीनले दियो छात्रबृत्ति, २५ जनालाई अवसर

काठमाडौँ, ३१ जेठ । नर्सिङ विषयमा स्नातकोत्तर तहको अध्ययन गर्न चीन सरकारले २५ जनाका लागि छात्रबृत्ति उपलव्ध गराएको छ । पहिलो पटक उपलव्ध गराएको यो कोटामा आवश्यक संख्या नपुगेपछि स्वास्थ्य मन्त्रालयले आज पुन सूचना निकालेको छ ।

सेन्ट्रल साउथ युनिभर्सिटी हुनानमा गएर ‘मास्टर्स प्रोग्राम इन एडभान्स नर्सिङ प्राक्टिस एण्ड मेडिकल टेक्नोलोजी’ विषयको दुई बर्षे कोर्ष अध्ययन गर्न चीन सरकारले नेपाल सरकारलाई २५ वटा कोटा उपलव्ध गराएको थियो ।

सो कोटामा आवेदन गर्न गत १२ जेठमा सात दिनको म्याद दिई सूचना प्रकाशित गरिएको थियो । तर सो अवधीमा १० जनाको मात्रै आवेदन परेको थियो ।

पहिलो पटक पाएको कोटामा आवेदन नै नपरेपछि अर्को बर्षमा कोटा गुम्न सक्ने भन्दै मन्त्रालयले म्याद थप्ने निर्णय गर्दै आज पुन सात दिने म्याद सहित सूचना प्रकाशित गरेको हो । सूचनामा विस्तृत विवरण नखुलाइएपनि मन्त्रालयले सरकारी प्रतिष्ठानहरुका लागि एक एक कोटा र बाँकी कोटा दुर्गम क्षेत्रमा कार्यरत नर्सका लागि छुट्याएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले २५ मध्ये पाँचवटा कोटा एक एक वटाको दरले विभिन्न प्रतिष्ठानलाई र बाँकी २० वटा कोटामा मन्त्रालयले छनौट गर्ने बताए ।

नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले नर्सका लागि अध्ययन गर्न चीन सरकारबाट आएको कोटामा आवेदन नै अपुग भएपछि पुन सूचना निकालेको बताइन् । ‘हामीलाई पहिलो पटक २५ वटा कोटा आएको हो तर त्यसमा १० जनाको मात्रै आवेदन परेपछि हामीले पुन सूचना निकाल्न भन्यौँ मन्त्रालयले हाम्रो भनाई सुन्यो । यसले नर्सको शैक्षिक योग्यता बृत्तिविकासका लागि थप अवसर सिर्जना गरेको छ,’ पोखरेलले भनिन् ।

हेरौँ आज निकालेको सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

8 thoughts on “नर्सिङमा स्नातकोत्तर गर्न चीनले दियो छात्रबृत्ति, २५ जनालाई अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *