नर्ससहित महिला कर्मचारीलाई ६ महिना सुत्केरी विदा दिन सुझाव

काठमाडौँ, २८ जेठ । नर्स सहित सबै महिला कर्मचारीलाई कम्तीमा ६ महिना सुत्केरी दिन सुझाव दिइएको छ ।

सरकारले केही महिना अघि मात्रै महिला कर्मचारीलाई सुत्केरी विदा दुई महिनाबाट बढाएर ९८ दिन पुरयाएको थियो । पुरुष कर्मचारीलाई भने सुत्केरी सिहार विदा भनेर १५ दिनसम्म दिने गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको नर्सिङ क्षेत्रको विद्यमान अवस्थामा सुधार गरि समसामयिक परिमार्जन गर्नको लागि गठित समितिले दिएको प्रतिवेदनमा स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार भन्दै त्यसको सुनिश्चिताका लागि ६ महिना विदा अनिवार्य चाहिने उल्लेख छ ।

गोमा निरौलाको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा भारत सहित विश्वका अधिकांश मुलुकमा ६ महिना बढी सुत्केरी विदा दिने व्यवस्था लागू भइसकेको भन्दै नेपालमा त्यसको आवश्यकता रहेको भनिएको छ ।

समितिले दिएको सुझावमा भनिएको छ प्रत्येक संघसंस्था कार्यालयमा शिशु स्याहार केन्द्रको समेत व्यवस्था हुनुपर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *