स्वास्थ्यका चार कर्मचारी नवौँ तहमा बढुवा

काठमाडौँ, २८ जेठ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको बढुवा समितिले चार जना कर्मचारीलाई नवौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । शनिबार बसेको समितिको बैठकले हेल्थ इन्स्पेक्सन समूह जनस्वास्थ्य प्रशासक पदमा चार जनालाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगले रिक्त पदमा बढुवा गर्न गत २६ असोजमा सूचना प्रकाशित गरेको थियो । बढुवा हुनेहरुमा धीरजंग शाह, मंगला मानन्धर, ज्ञानबहादुर बस्नेत र शम्भु काफ्ले रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *