पूर्ण संस्थागत ‘सुत्केरी’ घोषणा

बैतडी, २६ जेठ । दशरथचन्द नगरपालिका–१० बाराकोटलाई पूर्ण संस्थागत सुत्केरी स्थल घोषणा गरिएको छ । वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार कार्यक्रमबीच सो घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थी लगायतको उपस्थितिमा सो घोषणा गरिएको हो ।

यसअघि, बैतडीका आठवटा स्वास्थ्य संस्था पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *