मधुमेह रोगबाट जोगिने आयुर्वेदिक १० तरिका

डा. राजेन्द्र गिरी

पहिले पहिले प्राय शहरीया र पाको उमेरका व्यक्तिलाई लाग्ने रोग हो भनिन्थ्यो मधुमेहलाई ।

तर अहिले के शहर के गाँउ, के पाको के युवा जस्तालाई पनि मधुमेहको समस्या देखिन थालेको छ । तिव्र गतिमा बढ्दै गएको नसर्ने रोगको सूचीमा मधुमेह प्रमुखमध्येको एक हो ।

समयमै थाह नपाउँदा र थाह पाएपछि पनि उपचार राम्ररी नहुँदा यसले धेरै मासिनलाई अकालमै मृत्युको मुखमा धकल्ने गरेको छ । तर यस रोगबाट जोगिन आयुर्वेदिक तरिका अपनाए नै पनि काफी हुन्छ ।

ती यसप्रकार छन् :

१. दैनिक १५ मिनेट जति योग, प्राणायाम गर्नुहोस वा ३० भन्दा बढी मिनेटको दौडने गर्नुहोस ।

२. सात्विक वा सन्तुलित आहार जस्तै : मुँगको दाल, जौको पीठो, अमला, दूध सेवन गर्नहोस । अधिक चिनीयुक्त र नुनिलो परिकारहरु कम गर्नुहोस ।

३. खानमा सलादको रुपमा हरियो सागसब्जी तथा गहुँ, मकै, कोदो र फापरका परिकार खाने बानी गर्नुहोस । मधुमेहका विरामीका लागि साग सब्जीमा करेला, रायो कुरिलो पालुङ्गो, कुभिण्डो परवल र लौका राम्रो मानिन्छ ।

४. मधुमेह रोगमा यौनदुर्बलता हुने भएकोले ब्राम्ही, सतावरी, कुरिलो र अमला र बला, केशर, अकरकरा, लसुन र पिपली, जाइफल, अश्वगन्धा,चन्दन, जटामसी, काउसो गोक्षुर र तुलसी बिज आदि जडिबुटी पनि प्रयोग गर्न सकिन्छ ।

५. नियमितरुपमा जडिबुटीहरुको सेवन गर्नुहोस । मधुमेहका बिरामीहरुले मेथीको रस खाने बानी गर्ने । तुलसीको बिजलाई पीधेर तयार गरिएको लेदोलाई १–३ ग्रामसम्म दिनमा २ पटक सेवन गर्नुहोस् । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो ३ ग्राम सम्म नियमित रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

६. कहिलेकाहि मनोरञ्जन कार्यमा भाग लिनुहोस् ।

७. सधैँ सकारात्मक सोचको विकास गर्नुहोस् ।

८. तनाव नलिनोस् । तनावको बेला २० देखि ३० मिनट शाररीक श्रम गर्नुहोस । तामसी बस्तुहरु जस्तै : रक्सी, चुरोट, सुर्ती सेवन नगर्नुस् ।

९. नियमीत रुपमा शाररीक जाँच गर्नुहोस जसले गर्दा उच्च रक्तचाप, कोलेष्ट्रोल र सुगरको मात्रा थाहा पाउन सकिन्छ ।

१०. यदि मधुमेह रोगको समस्या छ भने वर्षको एकपटक मृगौला सम्वन्धि जस्तै युरिया क्रेटिनिन तथा एल्वुमिन जाँच गराउँनुहोस ।

 

# डा. गिरी सिंहदरबार बैद्यखान विकास मितिका प्रबन्ध निर्देशक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *