सुत्केरी र नवजात शिशुको मृत्यु पछि मणिपाल शिक्षण अस्पतालमा तनाव

पोखरा, २४ जेठ । सुत्केरीका क्रममा शिशु र आमाको मृत्यु भएपछि मणिपाल शिक्षण अस्पतालमा आज विहानै देखि तनाव सिर्जना भएको छ । आफन्तले चिकित्सकको लापरबाहीका कारण सुत्केरी र शिशुको ज्यान गएको भन्दै अस्पतालमा नाराबाजी गरेका छन् ।

पोखरा नयाँ बजार बस्दै आएकी ३५ बर्षीया शान्ता भण्डारी विहान २ बजे नर्मल सुत्केरी भएपनि मृत शिशु जन्मिएको बताइएको थियो । त्यसको तीन घण्टा पछि विहान ५ बजे सुत्केरी भण्डारीको पनि ज्यान गएको जानकारी दिइएको थियो ।

नर्मल सुत्केरी हुँदा आमा र शिशुको ज्यान गएको जानकारी दिएपछि चिकित्सकहरुको लापरबाही भएको भन्दै आफन्तहरु आन्दोलित भएका हुन् । उनीहरुले लापरबाही गर्ने चिकित्सकहरु माथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।

तनाव बढ्दै गएपछि प्रशासनले हस्तक्षेप गरि अहिले अस्पताल र मृतकका आफन्तबीच बार्ता सुरु गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *