यौन दुर्बलता समाधान गर्ने जडिबुटीको यसरी गरौँ पहिचान

डा. राजेन्द्र गिरी

आयुर्वेद बिज्ञानमा यौन क्षमता बढाउनका लागि बाजिकरण चिकित्सा बिधि प्रयोग हुँदै आइरहेको छ । बाजिको अर्थ घोडा हो । घोडाको जस्तै “यौन क्षमता” बृद्धि गर्नु यसको उद्धेश्य हो ।

यौनलाई बढी सुखमय सफल र गुणवान सन्तान जन्माउनका लागि आयुर्वेद बिज्ञानमा आवश्यक आहार, औषधि र बिभिन्न बिधिहरुको बिशेष उल्लेख गरेको पाइन्छ ।

यौन दुर्वलता कम गर्न र यौन क्षमता बृद्धि गर्न आयुर्वेदमा बाजिकरण बिज्ञानमा उल्लेखित उपचार बिधि महत्वपूर्ण छ । रक्त निर्माणमा सहायता गर्ने,जनेन्द्रियका मांसपेशीहरुलाई मजबुत पार्ने, लिङ्गमा रक्तसंचार गर्ने गुणवान बिर्य उत्पादन गर्ने र बिर्यस्खलनलाई आवश्यकतानुसार नियन्त्रण गर्न प्रभावकारी छ ।

आयुर्वेद चिकित्सा बिज्ञानमा बिभिन्न जडिबुटीहरु जुन यौन दुर्वलताको लागि उपयोगी छन र आयुर्वेद औषधि निर्माणमा सम्मीश्रणको रुपमा प्रयोग हुन्छन जुन निम्न प्रकार छन ।

काउछो
बैज्ञानिक नाम मक्युना प्रुरिन्स र संस्कृतमा कपिकच्छु, आत्मगुप्ता, र नेपालीमा काउछो भनिन्छ । यो नेपालमा तराईदेखि पहाडी भागमा ४५०० फिटसम्मको उचाईमा जताततै पाइन्छ ।  

यसको लहरा जस्तो देखिने झाडीदार क्षुपको ३ वटा पातहरु भएको र ६–९ इञ्च लामा हुन्छन् । फूल नीला वा प्याजी रङ्का हुन्छन् र झुप्पामा फुल्दछन् । फल सिमीको जस्तै, २–४ इञ्च लामा र ०.५ इञ्चसम्म चौडा र बाहिरपट्टि बाक्लोसँग प्रशस्त झुस भएका हुन्छन् । फलभित्र सिमी जस्ता १–२ से.मी. व्यासका, सेता रंगका, चिल्ला, ५–६ वटा बीजहरु हुन्छन् ।

यसको रस मधुर, तिक्त हुन्छ भने र दोषकर्म पित्तवर्धक छ । यसको मुख्य कार्य बलबर्धक, मांसपेशी बृद्धि गर्ने गुणवान शुक्र उत्पादन गर्नु हो । यसमा प्रमुख रसायनिक तत्वहरुमा डोपा, सेरोटोनिन र लगायत प्रोटीन मिनरल आदि पाइन्छन ।

यसको मूख्य उपयोग धातुक्षय, ,यौन दौर्बल्य, कमजोरी, कम्पवात (हात काम्ने वातरोग) आदिमा हुन्छ । यसको प्रयोगगर्दा बीज चूर्ण ३–६ ग्राम, ताजा बीज ५–१० वटा बिहान–बेलुका गुड, मह वा दूधको तरसंग मिलाएर खान सकिन्छ । बजारमा वानरी गुटिका, शक्तिवद्र्धक योग, वाजीकर शक्तिको रुपमा पाईन्छ ।

कुरिलो
बैज्ञानिक नाम स्पारगस रेसीमसस र नेपालीमा कुरिलो भनिन्छ । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्वहरु पाईन्छ । स्वास्थ्य वर्धक र शक्तिवर्धक रुपमा लोकप्रिय छ । कुरिलोको जरामा डाईस्याकराईड्स, स्टार्च र प्रोटीन र डि–ग्लुकोज पाईन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोईड्स स्यापोनिन पाईन्छ ।

आयुर्वेद चिकित्सामा कुरिलोको जरा स्नायु प्रणालीको समस्यामा प्रयोग गरिन्छ । र रसायन पनि हो । रोग विरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ । यसको जराको रस निकालेर चूर्ण बनाएर अथवा पकाएर क्वाथको रुपमा प्रयोग गर्न सकिन्छ ।

चूर्ण वनाई दूधमा घोली खानुपर्छ । रसायनको रुपमा काम गर्ने र शरिरका कोषहरुमा पोषण र संचार गर्नेहुदा , धातुक्षय,यौनदूर्वलता आदिमा फाइदा गर्छ । यसको चूर्ण ३–६ ग्राम,स्वरस १०–२० मि.लि. र क्वाथ ५०–१०० मि.लि.प्रयोग गर्न सकिन्छ ।

अश्वगन्धा
यसको बैज्ञानिक नाम विथानिया सोम्निफेरा हो । र नेपालीमा अश्वगन्धा भनिन्छ । यो सोलानेसी परिवारको बनस्पति हो । यो यौनवर्धक, शक्तिवर्धक र शुक्रबर्धक रुपमा लोकप्रिय छ । संस्कृतमा यसको घोडाको जस्तो गन्ध भएकोले बजिगन्धा पनि भनिन्छ । यसको जरामा विथानोलाइट्स,सिउडोट्रोपिन र एनाफेरिन लगायत बिभिन्न सक्रिय रसायनिक तत्वहरु पाईन्छ ।

यो नेपालमा तराईदेखि भित्रि मधेस र तल्लो पहाडी भेग १००० मिटरसम्मको उचाईमा जताततै पाइन्छ । यो २ देखि ५ फिट अग्लो र हाँगाविगाहरु भएको बनस्पति हो । पातहरु २ देखि ४ इञ्च लामा हुन्छन् । जरा ६ इन्च देखि १ फिट लामो फुस्रो र सेतो हुन्छन् । यसले रसादि सबै धातुलाई पोषण गर्छ ।

Z

यसको उपयोग रसायन, बाजीकरण, बातब्याधि, अनिद्रा, दुर्बलता । स्नायूहरुलाई पोषित गर्ने चिन्ता र नैराश्यतामा पनि उपयोगि छ । लिङ्ग शिथिलता र यौन दुर्बलतामा यसको धुलो र तेल उपयोगि छ । यसको मात्रा चुर्ण ३ देखि ५ ग्राम दूध सँग सेवन गर्ने । तेल आवश्यकतानुसार प्रयोग गर्न सकिन्छ । (यी जडिबुटीको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकको परामर्स लिनु श्रेयकर हुनेछ ।)

# डा गिरी सिंहदरबार वैद्यखाना विकास समितिका प्रवन्ध निर्देशक हुन्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *