डा. केसीको एघारौँ अनसन शुक्रबारसम्मका लागि स्थगित

काठमाडौँ, १५ जेठ । त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले आजबाट गर्ने भनेको अनसन शुक्रबारसम्मका लागि पुन स्थगित गरेका छन् । आज बसेको मन्त्रिपरिषदको विधेयक समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पास गरेको र अव मन्त्रिपरिषदबाट पारित गरि चाडै नै संसदमा लैजाने स्वास्थ्य मन्त्री गगन थापाले प्रतिवद्धता जनाएपछि डा केसीले अनसन स्थगित गरेका हुन् ।

एघारौँ अनसन बस्न भन्दै दाङको घोराही पुगेका डा केसी आफ्नो कार्यक्रम स्थगित भएपछि आजै काठमाडौँ फकर्ने तयारीमा रहेको उनका सहयोगी किशोर केसीले बताए ।

यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले विज्ञप्ती जारी गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठनका लागि मन्त्रिपरिषद अन्तर्गतको समितिले सोमबार सैद्धान्तिक सहमति दिएको र यो संगै प्रतिष्ठान सम्वन्धी विधेयक मन्त्रिपरिषदमा पेश गर्ने बाटो खुलेको जानकारी दिएका छन् । उनले यो सहमतिसंगै प्रतिष्ठान सम्वन्धी विधेयक मन्त्रीपरिषदमा पेश गर्ने बाटो खुल्ला भएको जनाएका छन् ।

उनले सहमति पछि विधेयकका लागि मन्त्रालयका तर्फबाट गर्नुपर्ने बाँकी प्रक्रियाहरु एक साता भित्रमा विद्ययकको मस्यौदा मन्त्रिपरिषदमा पेश गनेृ तयारी रहेको समेत जानकारी दिएका छन् ।

मन्त्रिपरिषदबाट पास भएपछि सो विधेयक छलफलका लागि संसदमा पेश हुनेछ । विज्ञप्तीमा प्रतिष्ठानको भवन निर्माणका लागि र अन्य प्रशासनिक कामका लागि प्रयाप्त रकम पठाइएको उल्लेख छ । साथै मिर्गौलाको डायलासिस सेवा सुरु भईसकेको, आइसियु एनआइसियु लगायतका सेवा चालु आर्थिक बर्षमै सुरु जानकारी दिइएको छ ।

त्यस्तै नयाँ आर्थिक बर्षमा प्रदेश नं ७ मा सेती अञ्चल अस्पताल र प्रदेश नं २ मा जनकपुर अंचल अस्पतालमा पनि प्रतिष्ठान बनाई पठन पाठनको काम सुरु गर्ने मन्त्रालयको तयारी भएको उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *