गणतन्त्र दिवसको पुरस्कारमा स्वास्थ्यकर्मीको सरोकार

काठमाडौँ, १५ जेठ ।गणतन्त्र दिवस २०७४ को अवसरमा सरकारले ५१४ जनालाई विभिन्न मान पदक तथा अलंकारद्धारा सम्मानित गर्ने निर्णय गरेको छ ।

तर यो निर्णय गरिरहँदा विरामीको उपचारमा रात दिन खटिईरहने कतिपय चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई भने समेटन सकेको देखिदैन ।

रात दिन नभनी जनताको स्वास्थ्य सेवामा खटिइरहने आफूहरुलाई विर्सदा कतिपय स्वास्थ्यकर्मीहरुको चित्त दुखाई छ ।

‘किन गर्थ्र्यो स्वास्थ्यकर्मीलाई सम्मान यो देशमा प्रकाश दाहाल, दिपेश पुन तथा निषाकुसुमहरुले नै हो,’ स्वास्थ्यकर्मीहरुलाई सम्मान नगरेको प्रति युवराज जोशी टिप्पणी गर्छन् ।

उता नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलको गुनासो यति धेरै सम्मान दिदै गर्दा नर्सिङ क्षेत्रबाट एक जना पनि नपर्नु विडम्वनापूर्ण भएको टिप्पणी गर्छिन् । उनी भन्छिन्, ‘यो देशमा सरकारले न नर्स छन भन्ने बुझेको छ नत नर्सहरुलाई सम्मान गर्नुपर्छ भन्ने नै जानेको छ ।’

गणतन्त्र दिवसको अवसरमा सम्मानित हुनेहरुमा पनि तीन जना डाक्टर प्रहरीकोटाबाट हुन् । एक जना नेपाली सेना र एक जना विश्वविद्यालयका उपकुलपति छन् । बाँकी तीन जना मात्रै स्वास्थ्य अन्तर्गतका हुन् ।

कतिपयले भने स्वास्थ्य क्षेत्रमा धेरै राम्रा काम गर्ने स्वास्थ्यकर्मीहरु सुगम देखि दुर्गम ठाँउसम्म रहेको भन्दै यसलाई आगामी दिनमा सुधार गर्नैैपर्ने औल्याउछन् ।

‘केन्द्रमै हेर्नुहोस कति राम्रो काम गर्ने स्वास्थ्यकर्मीहरु छन्,नर्सहरु त्यतिकै खटिएका हुन्छन्, दुगर्म क्षेत्रमा जानुस त्यहाँको त अहेव पनि चिकित्सक बराबर नै मानिन्छ । र अधिकांशले उत्कृष्ठ कार्य गरेका पनि छन्’ एक जना बरिष्ठ चिकित्सकले भने ।

त्यसो यसपटकको पुरस्कार पनि विवाद मुक्त भएको छैन । कतिपयले पहुचको भरमा पुरस्कार हात पारेको भन्दै सामाजिक सञ्चाजमा व्यापक आलोचना समेत सुरु भईसकेको छ । यद्धपी स्वास्थ्य क्षेत्रका व्यक्तिले पाएको पुरस्कारमा भने अहिलेसम्म टिप्पणी उठेको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *