कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

पर्वत, १५ जेठ । गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

गणतन्त्र दिवस मूल समारोह समिति पर्वतको व्यवस्थापन तथा पर्वतस्थित पाँचवटै लायन्स क्लबको सहयोगमा आँखा परीक्षण गरिएको हो । कारागारामा रहेका अधिकांश कैदीबन्दीको आँखा तथा स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

कारागारमा रहेर बन्दी जीवन बिताइरहेका ८७ जनाको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो । सात जना महिला र ८० जना पुरुषको आँखालगायत अन्य स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लबका अध्यक्ष विषमकुमार श्रेष्ठले जानकारी दिए ।

परीक्षणका क्रममा मोतियाबिन्दुका बिरामी भने भेटिएका छैनन् । उनीहरुलाई ११ वटा चस्मासमेत निःशुल्क वितरण गरिएको थियो । आँखा बिरामीको परीक्षण हिमालय आँखा अस्पताल पोखराका डाक्टर र अन्य स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतका चिकित्सकद्वारा गरिएको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *