यी हुन् गणतन्त्र दिवसको पुरस्कृत हुने स्वास्थ्य क्षेत्रका १२ जना

काठमाडौँ,१५ जेठ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा प्रदान गरिने विभिन्न मानपदवी, अलंकार र पदकबाट यसपटक १२ जना चिकित्सक तथा स्वास्थ्य क्षेत्रका सरोकारवाला सम्मानित भएका छन् ।

त्यसरी सम्मानित हुनेहरुमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति समेत रहेका बरिष्ठ चिकित्सक डा रामकण्ठ माकाजु सुकृतिमय राष्ट्रदीप पदकबाट सम्मानित हुन सफल भएका छन् ।

उनी पछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा भरत यादव, प्रहरी अस्पतालका प्रमुख डा दीनेशचन्द्र पोखरेल, बीरेन्द्र अस्पतालका डा अरुणकुमार न्यौपाने, बीर अस्पतालका न्युरो सर्जन डा गोपाल रमण शर्मा, खादबारी अस्पताल संखुवासभाका मेसु डा विनित कुमार झा सुप्रवल जनसेवाश्री पदकबाट विभुसित हुने भएका छन् ।

त्यस्तै बरिष्ठ चिकित्सक डा इश्वरीलाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सहसचिव बलदेव शर्मा गौतम र कान्ति अस्पतालका चिकित्सक प्राडा चन्द्रेश्वर महासेठ पनि सोही पदकबाट विभुसित हुने भएका छन् ।

एपीएफ अस्पतालका चिकित्सकद्ध डा शैलेन्द्र दुवाल श्रेष्ठ र डा रोशनकुमार झा प्रवल जनसेवा श्री पदकबाट विभुसित हुने भएका छन् । यता नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापा समेत जनसेवा श्री पुरस्कारबाट सम्मानित हुने लिष्टमा अटाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *