डा. गोविन्द केसीको एघारौँ अनसन दोस्रो पटक स्थगित

काठमाडौँ, १४ जेठ । स्वास्थ्य मन्त्री गगन थापाको आग्रह पछि डा गोविन्द केसीले आफ्नो एघारौँ अनसनको कार्यक्रम दोस्रो पटक स्थगित गरेका छन् ।  यसअघि थापाकै आग्रहमा उनले शनिबार देखि बस्ने तयारीमा रहेको अनसन स्थगित गरेका थिए ।

हिजो अनसन स्थगित गर्दा डा केसीले आफ्नो माग पुरा गराउन आज दिउसो २ बजेसम्मको अल्टिमेटम दिएका थिए । सो अवधीमा माग पुरा नभएपछि उनले आजै ४ बजे देखि दाङ घोराही स्थित शिरडी साई मन्दिरमा आमरण अनसन सुरु गर्ने तयारीमा थिए ।

मन्दिरमा पुगेर बस्ने अनसनस्थलको आवश्यक तयारी समेत पुगा बस्ने दातयारीमा रहेका डा. गोविन्द केसीका सहयोगीसंग स्वास्थ्य मन्त्री थापाले कुराकानी गरेपछि भोलीसम्मका लागि अनसनस्थगित भएको हो ।

‘मैले कुरा गरेको छैन्, तर हाम्रा सामाजिक अगुवा तथा सहयोगीसाथीहरुसंग भोलीसम्म माग पुरा गराउने गरी मन्त्री थापाले कुराकानी गर्नुभएछ । उहाँहरुले भनेपछि मैले सुरु गर्न लागिसकेको अनसन स्थित गरेको हुँ । यो भोलीसम्मका लागि मात्रै हो,’ नेपाली हेल्थसंग उनले भने ।

डा केसीले आफूसंग भएका विगतका सम्झौता र प्रधानन्यायधीश माथिको महाअभियोग फिर्ता लिनुपर्ने माग अघि सारेका छन् ।
यता सरकारले भोलि दिउँसो दुई बजे बस्ने सामाजिक न्याय समितिको बैठकबाट स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक पारित गर्ने र साढे २ बजे बस्ने मन्त्रिपरिषद बैठकले त्यसको अनुमोदन गर्ने आश्वासन डा केसीसम्म पुरयाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *