अनार खाँदा हुन्छन् यी फाइदा

अनारलाई एन्टीअक्सिडेन्ट र पोलिफिनालको भण्डार भनेपनि हुन्छ । जो अक्सिडेविट स्ट्रेसको कम गर्दै फ्रि रेडिकल्सको प्रभावलाई कम गर्नुका साथै मुटुलाई स्वस्थ बनाउन मद्धत गर्छ । यदि तपाईँलाई अनारलाई चपाएर खान ठिक लाग्दैन भने छोडाएको दानालाई मिक्चरमा पिनेर जुस बनाएर पिउन पनि सकिन्छ । नियमित अनारको जुस पिउदा मुटु स्वस्थ रहन्छ ।

उमेर छिपिदै जाँदा देखिने भनिएपनि हिजो आज युवा अवस्थामै हाइपोटेन्सन अर्थात उच्चरक्तचापको समस्या देखिने गरेको छ । यसलाई नियन्त्रण गर्न पनि अनारको नियमित सेवन लाभदायी हुन्छ ।

यदि तपाई हरेक दिन एक गिलास अनारको जुस पिउनुहुन्छ भने तपाईँको सिस्टोलिक व्लड प्रेशर कम भएर धमनीमा कम प्रेशर हुनजान्छ । त्यस्तै अनारको जुस एलडीएल कोलेस्टोरेलको लेभल कम गरी एचडीएल कोलेस्टेरोलको बढाउदै कार्डियोभास्कुलर डिजीज अर्थात मुटुजन्य रोगको हुने सम्भावना समेत कम गर्छ । साथै धमनीमा बोसो जम्न समेत दिदैन् ।

त्यसो त आजकल मधुमेह तथा मुटुसम्वन्धी रोग आम समस्या भएको छ । यदि तपाईँले अनारको जुस मुटुलाई स्वस्थ राख्न पिउनुहुन्छ भने यसले मधुमेह समेत नियन्त्रण गर्छ । किनकी अनारमा जो एन्टीअक्सिडेन्ट हुन्छ त्यो मधुमेह नियन्त्रण गर्न समेत मद्धत गर्छ सायद तपाईँलाई थाह नहुनसक्छ अनारको जुसले तपाईलाई हाइडेडेटको त राख्छ नै साथसाथै यो क्यालोरी ड्रिक समेत हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *