डा. गोविन्द केसीको एघारौँ अनसन दाङमा !

काठमाडौँ, १२ जेठ । दशौं पटक सम्मको अनसन त्रिवि शिक्षण अस्पताल परिषरमा सम्पन्न गरेका प्राडा गोविन्द केसीको अनसन यसपटक दाङमा हुने भएको छ । यद्धपी दाङको कुन ठाँउमा भन्ने कुरा अहिलेसम्म खुलाइएको छैन् ।

प्राडा केसीका विद्यार्थी तथा सहयोगी डा सुमन आचार्यले भोलीबाट सुरु हुने अनसन दाङमा हुने बताए । उनले भने, ‘आज बेलुका सम्म माग पुरा भएन भने सरले भोलीबाट असनस सुरु गर्नु हुनेछ र त्यो यसपटक त्रिवि शिक्षण अस्पतालमा होइन दाङमा हुनेछ ।’

डा केसीले आफूसंग विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन हुनु पर्ने र सर्वोच्च अदालतका प्रधानन्यायधीश सुशीला कार्की माथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने माग अघि सारेका छन् । गत ९ जेठ देखि नै एघारौँ अनसन सुरु गर्ने भनेपनि अन्तिम समयमा आएर तीन दिन पर्खिएका थिए ।

डा सुमनले यसपटकको अनसन उपत्यकामै बस्ने अवस्था आएको खण्डमा पनि अस्पतालमा नबस्ने मनसायमा डा. केसी रहेको समेत बताए । ‘अस्पतालमा बस्दा उपचार सेवा प्रभावित हुन्छ भन्ने हिसावले उहाँ यसपटक काठमाडौँमै बसेपनि कुनै सार्वजनिक स्थलमा बस्ने विचारमा हुनुहुन्थ्यो तर फेरी अहिले दाङ जाने तयारीमा हुनुुहुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *