नेपाल नर्सिङ एसोशिएसनले जित्यो सवा करोड राशीको अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ, १२ जेठ ।  नेपाल नर्सिङ एसोशिएसनले एक लाख युरो (करीब एक करोड १६ लाख)को अन्तराष्ट्रिय अवार्ड जितेको छ । जोखिम न्युनिकरण परियोजनाका अन्तगर्त एसोशिएसनले यो अवार्ड जितेको हो ।

युएन आफिस फर डिजास्टर रिस्क रिडक्सन(युएनआईएसडीआर) ले रिस्क रिडक्सन अवार्डको रुपमा हामीलाई यो अवार्ड दिएको छ । एसोशिएसनकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले भनिन्, ‘हामीले यो प्रोजेक्टबाट नर्सहरुलाई प्राकृतिक प्रकोप तथा अन्य जोखिम कसरी न्युनिकरण गर्ने भन्ने तालिम दिइन्छ । त्यस्तै स्कुलका विद्यार्थी तथा शिक्षकहरुलाई पनि यसबारे जनचेतना फैलाउने काम गर्नेछौँ ।’

‘दुई वर्ष अघि विनासकारी भूकम्प जाँदा नेपालका नर्सहरुले गरेको कार्यलाई प्रसंशा गर्दै यो अवार्ड दिइएको हो । त्यतिवेला नर्सहरु र नर्सिङ एसोशिएसनले जुन सहासका साथ सेवामा खटियो त्यसैको सम्मान हो,’ प्राध्यापक पोखरेलले भनिन् ।

एसोशिएसन छनौट भएपछि अवार्ड ग्रहण गर्न एसोशिएसनकी उपाध्यक्ष अप्सरा पाण्डे मेक्सिको पुगेकी थिइन । उनले अवार्ड ग्रहण गरिसकेकी छन् ।

अध्यक्ष प्रा पोखरेलले अवार्डका लागि आफूलाई बोलाइएपनि स्वास्थ्यको कारण जान नसकेपछि उपाध्यक्षलाई पठाएको बताइन् । उनले यो अवार्डले उपत्यका सहित कास्की सिन्धुपाल्चोक, लुम्विनी लगायतका स्थानमा नर्स तालिम, स्कुल तालिम तथा जनचेतना फैलाउने कार्यमा खर्च गर्ने बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *