श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका १४ जनाको उपचार टेकु अस्पतालमा

काठमाडौँ, ११ जेठ । श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका धादिङ आदमटार ६ का स्थानीय १४ जनाको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भईरहेको छ । मंगलबार बेलुकाबाट विरामी परेपनि उनीहरुलाई बुधबार अपरान्ह ४ बजेमात्रै काठमाडौँ ल्याइपुरयाइएको थियो ।

टेकु अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले विरामी सबैलाई ग्यास्ट्रो वार्डमा भर्ना गरि उपचार भईरहेको र सबैको अवस्था सुधारोन्मुख भएको बताए ।

भर्ना भएका १४ जना मध्ये १० जना महिला र चार जना पुरुष रहेका छन् । अस्पतालले कम्तीमा १२ बर्ष देखि बढीमा ४५ बर्षका विरामीहरु रहेको जानकारी दिएको छ । निर्देशक डा खरेलले भर्ना भएका सबैलाई फुडपोईजनिङको उपचार भईरहेको बताए ।

अस्पतालमा भर्ना भएकाहरुको नामावली यसप्रकार छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी परेका १४ जनाको उपचार टेकु अस्पतालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *