पदबाट राजीनामा दिदै गर्दा प्रधानमन्त्री प्रचण्डले यसरी उल्लेख गरे स्वास्थ्यका कुरा

काठमाडौँ, १० जेठ । दश महिने सरकारको नेतृत्वको गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजिनामा दिएका छन् । त्यसअघि उनले जनताको नाममा सम्वोधन गर्दै आफ्नो नेतृत्वको सरकारले गरेका कामहरुको उल्लेख गरे समेत गरे ।

सो क्रममा उनले स्वास्थ्य क्षेत्रमा भएका कामहरुको समेत प्रशंग निकाले । उनले सम्वोधनका क्रममा उल्लेखित स्वास्थ्यका बुँदाहरु यसप्रकार छन् ।

  • सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तिमा २ चिकित्सक, स्थानीय स्वास्थ्य संस्थासम्म निशुल्क औषधि र उपकरणको व्यवस्था गरिएको छ ।
  • अस्पतालमा ओपिडी सेवाको समय बढाएको छ ।
  • सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरिएको छ । डायलासिस सेवासंगै बाथ मुटुरोग मिर्गौला प्रत्यारोपण गरिएको छ ।
    महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण, नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिएको छ ।
  • नेपालगञ्ज र जनकपुरमा मुटुरोग र नेपालगञ्जमा क्यान्सर उपचार विस्तार गरिएको छ ।
  • सबै नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन स्वास्थ्य बीमा विधेयक र समग्र स्वास्थ्य क्षेत्रलाई समेटेर बनेको राष्ट्रिय स्वासथ्य विधेयक मन्त्रीपरिषदबाट स्वीकृत भई संसदमा पेश हुने चरणमा छ भने प्रजनन स्वास्थ्य विधेयक अन्तिम चरणमा छ ।
  • स्वास्थ्य जनशक्ति पूर्वाधार र उपकरणलाई एकीकृत रुपमा विकास गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना अघि बढाईएको छ ।
  • सेवाका आधारमा अस्पतालको बर्गीकरण गरी संघीय संरचना अनुरुप प्रत्येक स्थानीय तहमा एक प्राथमिक अस्पताल हुने गरी प्रादेशिक र संघीय तहमा स्वास्थ् यसेवा र संरचना सहितको मापदण्ड स्वीकृत गरिएको छ ।
  • यस बर्षलाई मेरो बर्ष म स्वस्थ मेरो देश स्वस्थ अभियानको रुपमा मनाइदै छ ।
  • मुटु मिगौृाला, क्यान्सर , पार्किन्सन, अल्जाईमर, हेड इन्जुरी, स्पाईनल कर्ड इन्जुरी, सिकलसेल एनिमिया मस्तिस्कघात कलेजो फोक्सो र थाईलेसेमिया गरी १२ वटा प्राणघातक रोगहरुको उपचारका लागि एक लाख सम्मको खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ ।
  • साथै सामाजिक स्वास्थ्य सुरक्षा ( स्वासथ्यबीमा) कार्यक्रम कैलाली, बाग्लुङ इलाम बैतडी अछाम, पाल्पा कास्की र म्याग्दमिा सञ्चालन भईरहेको छ र यो कार्यक्रमलाई क्रमश देशभरी सञ्चालन गरिने व्यवस्था मिलाइएको छ ।
  • नेपाली सेना र नेपाल प्रहरीको अस्पतालमा सर्वसाधारणले उपचार गर्न सक्ने गरी अस्पतालमा सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *