इथोपियाका पूर्व स्वास्थ्य मन्त्री डा. टेड्रोस बने डव्लुएचओका नयाँ महानिर्देशक

जेनेभा १० जेठ । विश्व स्वास्थ्य संगठनका नयाँ महादिर्नेशक डा. टेड्रोस एडहानोम घेब्रेयस निर्वाचित भएका छन् । उनी राष्ट्र संघीय नियोगमा प्रमुख हुने पहिलो अफ्रिकी नागरिक हुन् ।

जेनेभामा जारी विश्व स्वास्थ्य संगठनको ७० औँ साधारण सभाबाट पाँच बर्षे कार्यकालका लागि निर्वाचित भएका उनले हालका महानिर्देशक डा. मार्गरेट चेनलाई प्रतिस्थापन गर्नेछन् । जो दुई कार्यकाल अर्थात १० बर्ष देखि सो पदमा कार्यरत थिए । उनको आगामी जुनमा अवधी सकिर्दैछ ।

डा. चेनको कार्यकालमा पश्चिम अफ्रिकामा फैलिएको इबोलाको महामारी रोक्न निकै सुस्त कदम चालेको भन्दै आलोचना भएको थियो ।
मतदान हुनु अघि डा टेड्रोसले साधारण सभालाई सम्छिप्त रुपमा सम्वोधन गर्दै महामारीको विरुद्धमा चुस्त र प्रभावकारी कदम चाल्ने बताएका थिए । उनले गरीबको अधिकारको पक्षमा समेत आफू उभिने बताएका थिए ।

नयाँ महानिर्देशकका लागि यसपटक इथोपियासंगै संयुक्त अधिराज्य र दक्षिणी आयरल्याण्ड तथा पाकिस्तानबाट समेत उम्मेदवारी परेको थियो ।

को हुन डा टेड्रोस ?
५२ बर्षका टेड्रोस इथोपियाका नागरिक हुन् । विवाहीत उनका पाँच सन्तान छन् । इथोपियाका पूर्व स्वास्थ्य मन्त्री र विदेश मन्त्री समेत भईसकेका क्षयरोग औलो र एड्सबिरुद्ध लड्नका लागि गठित ग्लोबल फण्डको अध्यक्ष समेत भएका थिए ।

योग्यता
उनी अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त औलो रोगको अनुसन्धानकर्ता हुन् । साथै उनले सामुदायिक स्वास्थ्यमा विद्याबारिधी गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *