नेपाललाई सुपथ मूल्यमा औषधि बेच्न भारत र बङ्गलादेश सकारात्मक

भारतीय स्वास्थ्यमन्त्री जगतप्रकाश नाडासँगको भेटपछि स्वास्थ्य मन्त्री गगन थापा

कल्पना पौडेल / जेनेभा ९ जेठ । नेपाललाई सुपथ मूल्यमा औषधि बिक्री गर्न भारत र बंगलादेश सकारात्मक देखिएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले दुबै देशका स्वास्थ्य मन्त्रीलाई भेटी राखेको सुपथ मूल्यको प्रस्तावमा उनीहरु सकारात्मक देखिएका हुन् ।

विश्व स्वास्थ्य संगठनको ७० औँ साधारण सभामा भाग लिन जेनेभा पुगेका स्विट्जरल्याण्डको जेनेभा आएका स्वास्थ्य मन्त्री थापालले नेपालमा आयातित औषधि सुपथ मूल्यमा उपलब्ध गराउने विषयमा दुई देशका समकक्षीसग छलफल गरेका थिए ।

भारतीय स्वास्थ्यमन्त्री जगतप्रकाश नाडासँगको भेटमा भारत सरकारको सहयोगलाई बढाउन नेपाल सरकारबीच उच्चस्तरीय टोली पठाएर अगाडिका लागि सम्झौता गर्ने सहमति भएको छ ।

मन्त्री थापाले भने, “हामीले भेटमा भारत सरकारले कम शुल्कमा औषधि खरिद गर्न एक साताभित्र उच्चस्तरीय समितिले वर्षभरि औषधि कति चाहिन्छ भन्ने तथ्याङ्क निकाल्ने र कमसेकम मूल्यमा खरिद गरी नेपालका सरकारी फार्मेसीबाट बेच्दा अहिलेको भन्दा आधाभन्दा बढी कम मूल्यमा औषधि जनताले प्राप्त गर्नेछन् ।”

कडा रोगका बढी मूल्यका औषधि सुपथ मूल्यमा नेपालमा उपलब्ध गराउन बङ्गलादेश पनि सकारात्मक रहेको उनले जानकारी दिए । भारतीय दूतावासबाट स्वास्थ्य क्षेत्रमा गर्दै आएको भारतीय सहयोग स्वास्थ्य मन्त्रालयमार्फत गर्न मन्त्री थापाले राखेको प्रस्तावमा पनि भारत सकारात्मक रहेको बताइएको छ ।

त्यसैगरी बङ्गलादेशका स्वास्थ्यमन्त्री मोहम्मद नासिमसँगको भेटमा पनि औषधिको खरिदबारे पनि सकारात्मक छलफल भएको छ । मन्त्री थापाले दिएको जानकारीअनुसार बङ्गलादेशी सरकारले पाँच वर्षमा चाहिने औषधिको लिस्ट बनाएर आवश्यक औषधिको सुपथ मूल्य दिन तयार रहेको छ ।

उनले भने “गुणस्तरीय औषधि मूल्यमा खरिद गरी जनतालाई कमसेकम मूल्यमा उपलब्ध गराउन भारत, बङ्गलादेश र नोवाटिज कम्पनीसँग छलफल भएको छ । अब हामीले कोसँग कति कति कम मूल्यमा खरिद गर्ने भन्ने विकल्प खुल्ला छ । तिनैले कम मूल्यमा औषधि दिन तयार छन् ।”

कडा तथा नेपालमा उत्पादन नहुने औषधि निजी क्षेत्रले आयात गरी बेच्दा जनताले निकै चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारले औषधिको मूल्य अनुगमन गर्न गठन गरेको सुझाव समितिले विदेशी आयातकर्ताले दुई हजार २०० प्रतिशतसम्म बढी मूल्य लिएको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो ।

सरकारले विपन्न बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था गरेको कडा रोगको औषधि महँगो हुदाँ बिरामी थप समस्यामा परेको भन्दै स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तयरीय निर्णय गरी कडा रोगको औषधि आफैँ खरिद बिक्री गर्न समिति बनाइसकेको छ ।

सरकारले सोझै विदेशी औषधि कम्पनीसँग खरिद गरी बिक्री गर्दा जनताले अहिले तिरिरहेको मूल्यभन्दा आधा कम मूल्यमा गुणस्तरिय औषधि पाउने मन्त्रालयको भनाइ छ भने स्वदेशी औषधि कम्पनीलाई पनि आत्मनिर्भर बनाई गुाण्स्तरीय औषधि उत्पादनका लागि प्रेरित गर्ने सरकारले निर्णय गरिसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *