घरमै ब्लडप्रेसर जाँच गर्दा ध्यान दिनुपर्ने ५ कुरा

ब्लडप्रेसर बढी या कम हुनु दुवै स्वास्थ्यका लागि खतराको संकेत हो । त्यसैले, वेलावेला ब्लडप्रेसर जाँच गराइराख्नु ठीक हुन्छ । ब्लडप्रेसरका बिरामी नै भइसकेकाले त नियमित जाँच गराउँनु पर्छ नै । तर, सधैँ स्वास्थ्यकर्मीसँग जाँच गराउन असम्भव हुन सक्छ । बरु, स्वास्थ्यकर्मीसँग ब्लडप्रेसर मनिटर (मेसिन) प्रयोग गर्ने तरिकाबारे जानकारी लिएर हरेक दिन घरमै जाँच लिन सकिन्छ । एउटा ब्लडप्रेसर मनिटर किनेर घरमै राख्नु निकै राम्रो कुरा पनि हो । तर, चिकित्सकहरूका अनुसार घरमै जाँच गर्दा केही कुरामा विचार भने पु¥याउनुपर्छ :

 

ती कुराहरु यस्ता छन्

१. ब्लडप्रेसर जाँच गर्नुअघि धुम्रपान र रक्सी सेवन नगर्नुहोला । धुम्रपान र रक्सीले ब्लडप्रेसर प्रभावित गराउने र सही रिडिङ नदेखिने चिकित्सकहरू बताउँछन् ।

२. जहिले पनि बसेर मात्रै ब्लडप्रेसर जाँच गर्नुहोस् । बसेको समयमा शरीरलाई आराम महसुस हुन्छ र जति हो उति नै प्रेसर रिडिङ हुन्छ । यो वेला पैताला भने जमिनमा टेकिएको हुनुपर्छ ।

३. ब्लडप्रेसर जाँच गर्दा कम्मर सीधा गरेर बस्नुपर्छ । हात हल्का मुठी पार्ने र कुहिनो कुनै टेबल, कुर्सी या बेडमा टेकाएर राख्नुपर्छ । यसरी जाँच गराउँदा ब्लडप्रेसरको सही नतिजा देखिन्छ ।

४. ब्लडप्रेसर नियमित जाँच गर्नुहुन्छ भने हरेक दिन एकै समयमा गर्नुहोस् । यसले तपाईंलाई आफ्नो ब्लडप्रेसर नियन्त्रणमा राख्न र सचेत हुन सहयोग मिल्छ ।

५. ब्लडप्रेसर जाँच गर्नुअघि पिसाब फेर्नुहोला । मुत्राशय खाली गरेर ब्लडप्रेसर जाँच गर्नु राम्रो हो । र, यो पनि ख्याल गर्नुहोस् कि खाना खानुअघि र पछिको रिडिङ फरक पर्न सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *