‘स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने सरकारी निर्णय सकारात्मक’

काठमाडौँ, ८ जेठ। नेपाल औषधि उत्पादक संघले सरकारको निर्णयलाई स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्ने कदमको रुपमा लिएको भन्दै स्वागत गरेको छ । उसले औषधिमा २२ प्रतिशत नाफा लिने सरकारी अधिकारीबाट आएको तथ्यलाई भने कोही व्यक्ति विशेषको भएको बदमासीको रुपमा टिप्पणी गरेको छ ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले नेपाल औषधिमा आत्म निर्भर हुने बाटोमा लम्किरहेको भन्दै त्यसलाई सरकारले साथ र सहयोग दिनुपर्ने बताए । उनले पछिल्लोपटक मन्त्रिपरिषदबाट भएको भनिएको निर्णय स्वदेशी औषधि उद्योगको लागि सकारात्मक रहेको जानकारी दिए ।

कार्यक्रममा बोल्लै औषधि उत्पादक संघका बरिष्ठ उपाध्यक्ष दीपक दाहालले नेपाल औषधिमा आत्म निर्भर हुने दिशामा अघि बढेको र यतिवेला सरकारले पुरा सहयोग गर्नुपर्ने बताए । उनले भारत र बंगलादेशको औषधि उत्पादनको उदाहरण दिदै नेपालका निजी क्षेत्रले सरकारको सहयोग विना ४५ प्रतिशत बजार हिस्सा ओगटेको बताए ।

नेपाली औषधि उद्योगमा २६ अर्वको लगानी भईसकेपनि बार्षिक १६अर्वको मात्रै व्यापार हुने गरेको भन्दै यतिवेला स्वदेशी उद्योगलाई राज्यको तर्फबाट विशेष सहुलियत र प्रोत्साहन हुनुपर्ने उनको धारणा थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले २०औँ बर्ष देखिको आफूहरुको माग यसपटक सरकारले पुरा गर्न खोजेको भन्दै औषधिमा आत्म निर्भर हुनका लागि राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

कतिपयले नेपाली औषधिको गुणस्तर र मूल्यको विषयमा भ्रम छर्ने खालका अभिव्यक्ति दिएको भन्दै उनले नेपाली औषधिहरु अन्तराष्ट्रिय गुणस्तर र मूल्य सहुलियतदरमै रहने दावी गरे ।कार्यक्रममा सीएनआईका उपाध्यक्ष कृष्ण अधिकारी, आयुर्वेदिक औषधि उत्पादक संघका अध्यक्ष विनोद पौडेल लगायतले नेपाली औषधि उद्योग र गुणस्तरको बारेमा बोलेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *