खाली खुट्टा हिँड्नुका यस्ता फाइदा ?

एजेन्सी । नांगै पैताला अर्थात खाली खुट्टा हिँड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले रक्तसञ्चार सहज गराएर थकान कम गराउँछ ।

बिहान हरियो घाँसमा नांगै पैताला टहलिँदा फाइदा हुनेबारे त सुनिएकै हो तर, नांगो पैताला जमिनमा हिँड्दा पनि कैयौँ फाइदा हुने अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यसलाई अर्थिङ सिद्धान्त नाम दिएका छन् ।

लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचका अनुसार प्रकृतिको सम्पर्कमा नांगो पैताला पैदल हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुन्छ । अध्ययनका अनुसार जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् ।

विशेषज्ञहरूले मानव शरीरका सबै कोषिका र तन्तुमा जमिनको अर्थिङ प्रभाव पर्ने जनाएका छन् । धर्तीको ऊर्जा चक्रले शरीरको विद्युतीय तन्त्रमा अनुकूल–प्रतिकूल प्रभाव पार्ने उनीहरूको अध्ययनले देखाएको छ ।

नांगो पैताला धर्तीमा हिँड्दा पैतालामा भरपूर अक्सिजन प्राप्त हुने, रक्तसञ्चार राम्रो हुने, मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुने विज्ञहरूको तर्क छ । उनीहरूले जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्यामा पनि यो फलदायी हुने बताएका छन् । धर्तीबाट प्राप्त हुने ऊर्जालाई भिटामिन ‘एन’ नाम दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *