फलफुल तथा तरकारीको बोक्रा बियाँमा के पाईन्छ ?

गाँजर खान्छौँ, पात फालिदिन्छौँ । प्याज खान्छौँ, बाहिरी बोक्रा फालिदिन्छौँ । बोक्रा फालेर आलुको परिकार बनाउँछौँ । तरबुजाको गुदी खान्छौँ, बोक्रा र बियाँ मिल्काइदिन्छौँ । विभिन्न फल तथा तरकारीका बोक्रा, पात र बियाँमा के पाइन्छ ? थाहा  पाई राखौँ  :

तरबुजाको बियाँ र बोक्रा :
तरबुजाको बियाँमा आइरन, जिंक, तामाको मात्रा अधिक हुन्छ । यो खाँदा प्रजनन क्षमता मजबुत बनाउन मद्दत गर्छ । सधैँ फाल्ने गरेको तरबुजाको बोक्रा खाने कुरा गर्दा अचम्म लाग्ला । तर, यसमा धेरै पाइने अमिलो एसिडले शरीरमा रक्त सञ्चार सहज गराउन मद्दत गर्छ ।

गाँजर र सलगमको पात :
गाँजर खान्छौँ तर पात फालिदिन्छौँ । सलगमको पात पनि धेरैले फालेकै देखिन्छ । तर, जानिराख्नुहोस्, गाँजर र सलगमको पातमा क्याल्सियम, म्याग्नेसियम, नियासिन (भिटामिन बी–३), आइरनजस्ता तत्त्व पाइन्छन् । यसमा रोगप्रतिरोधी क्षमता हुन्छ, जसले क्यान्सरजस्तो घातक रोगका बिरामीलाई पनि शक्ति दिने तथा हड्डी बलियो बनाउने काम गर्छ ।

ब्रोकाउलीको पात र डाँठ :
ब्रोकाउलीको परिकार बनाउने वेला हामी पात र डाँठको माया गर्दैनौँ, फालिदिन्छौँ । तर, ब्रोकाउलीको थुंगामा भन्दा पात र डाँठमा भिटामिन एको मात्रा बढी पाइन्छ ।

 

प्याजको बोक्रा र लसुनको खोस्टा :
प्याजको बाहिरी बोक्रा र लसुनको खोस्टा पनि हामी फालिदिन्छौँ । तर, यसमा पनि रोगप्रतिरोधी क्षमता बढी हुन्छ । विभिन्न शारीरिक पीडा तथा एलर्जीबाट बचाउन प्याजको बोक्रा र लसुनको खोस्टाको भूमिका रहन्छ ।

आलुको बोक्रा :
धेरैको भान्सामा आलुको बोक्रा खौरिएर फालिएकै देखिन्छ । तर, आलुको बोक्रामा क्याल्सियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, आइरनजस्ता तत्त्व पाइन्छन् । यी सबै हाम्रो शरीरका लागि चाहिने तत्त्व हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *