अपहरणमुक्त भएका ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

लागोस, २९ वैशाख । इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।

लामो समय अपहरणमा परेका ती बालिकालाई समाजमा पूनःस्थापित हुन सजिलो होस भन्ने उद्देश्यले स्वास्थ्य परीक्षण भइरहेको नाइजेरियाका माहिला मामिला तथा सामाजिक विकास मन्त्री अइसा अल्हासानले बताए ।

सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना बालिका केहीदिन अघि अपहरणमुक्त भएका हुन् ।

नाइजेरियाको राजधानी सहर अबुजामा आयोजित पत्रकार सम्मेलनमा उनले ती सबै बालिकालाई मनोचिकित्सकीय उपचार र पुनःताजकिकरण सम्वन्धि शिक्षा दिइएको बताए।

उनीहरु अपहरणमुक्त भएको बारेमा जानकारी दिन उनीहरुका बाबुआमालाई उनीहरुको फोटो पठाइएको उनले जानकारी दिए । कतिपय बालिकाको नाम पनि उही भएकाले पहिचानका लागि पनि फोटो पठाइएको उनले स्पष्ट पारे ।

“आमाबावुलाई उनीहरुका छोरीलाई भेट्न नदिइएको भन्ने कुरा सत्य होइन, हामी उहाँहरुलाई भेट्न दिन्छाँै, तर प्रत्येक दिन होइन,” उनले सम्बाददातालाई भने ।

अधिकांश बालिकालाई सरकारी सेवा सुविधा तथा सहुलियतका लागि सिफारिस गरिएको उनले बताए ।
उनले आउँदो सेप्टेम्बरदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा मात्रै ती बालिकालाई अध्ययनको निरन्तरताका लागि विद्यालय पठाइने र त्योभन्दा अगाडि अन्य सीपहरु सिकाइने जानकारी दिए ।

नाइजेरिया सरकार र बोको हरामका प्रतिनिधिकाबीचमा वार्ता चलिरहेका बेला बालिका अपहरणमुक्त भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

बोको हरामको अपहरणमा परेका बालिकालाई छुटाउनका लागि राष्ट्रपति मुहामदु बुहारीको प्रशासनले स्थानीय र अन्तरराष्ट्रिय मध्यस्तकर्ताहरुको सहयोगमा लामो समयदेखि वार्ता गरिरहेको थियो ।

रातको समय पारेर गरिएको उक्त अपहरणको अन्तरराष्ट्रिय क्षेत्रबाट चर्को आलोचना भएको थियो । राष्ट्रपति बुहारीले सरकारले निरन्तर वार्ता गरिरहेको र अपहरण गरिएका बालिकाहरुलाई सुरक्षितरुपमा रिहा गराई छाड्ने अघिल्लो महिना बताएका थिए ।

उनले अरु बालिकाको बारेमा पनि आशा नमार्न उनीहरुका बाबुआमालाई आग्रह गरेका छन् । सन् २०१६ को अक्टोबरमा पनि अरु २१ जना बालिकालाई अपहरणमुक्त गराइएको थियो ।

सन् २००९ बाट बोको हरामले नाइजेरियामा द्वन्द्व सुरु गरेदेखि अहिलेसम्म २० हजारभन्दा बढी मारिएका छन् भने लाखौँ सर्वसाधारण विस्थापित भएका छन् । रासस÷सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *