ओठ राम्रो बनाउने भए यस्तो गर्नुहोस्

ओठ निकै कोमल अंग हो । ओठमा तैलीय ग्रन्थि हुँदैन । यसकारण ओठमा निरन्तर चिल्लोपन आवश्यक रहन्छ । चिल्लो पदार्थको अभावका कारण ओठ सुक्ने र फुट्ने समस्या आइरहन्छ । लामो समयसम्म सुक्खा भएको ओठ कालो हुँदै जान्छ । सुक्खा ओठमा मरेका कोषिकाहरू रहनु, सौन्दर्यका सामग्रीमा हुने केमिकलको असर पर्नु, घामको किरणको प्रभाव नै ओठ कालो हुने कारणहरू हुन् ।

हरपल ख्याल

  • दिनभरमा लगभग ८–१० गिलास पानी पिउने । यसले ओठलाई सुक्खा हुन दिँदैन ।
  • घरबाहिर निस्किँदा ओठमा लिप बाम या लिप केयर लगाउने ।
  • समय–समयमा ओठ सफा गर्ने । सुक्खा हुन नदिन केही न केही निरन्तर लगाइराख्ने ।

घरेलु उपचार 

  • एक चम्चा मह तयार गर्नुहोस् ।
  • महमा ब्राउन सुगर मिलाएर केही बेरसम्म फिट्नुहोस् ।
  • आधा टुक्रा कागती मह र ब्राउन सुगरको मिश्रणमा निचोरेर राम्रोसँग घोल्नुहोस् ।
  • यो मिश्रण ओठमा लगाएर हल्कासँग मसाज गर्नुहोस् । केही बेरपछि मनतातो पानीले पखाल्नुहोस् ।
  • अब, ओठमा बदामको तेल लगाएर छोडिदिनुहोस् । यो तरिका केही दिनसम्म नियमित गर्दा मरेको छाला हटाएर ओठलाई नरम बनाउँछ । ओठको कालो रंग हटेर बिस्तारै गुलाबी बन्दै जान्छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *