यी हुन् गर्मी मौसममा मुहार चम्किलो बनाउने घरेलु उपाय

गर्मी मौसम सुरु भएसंगै छाला तथा अनुहारमा बिभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्दछन् । गर्मीले तथा घामले गर्दा अनुहारमा पसिना आउने, छाला कालो हने जस्ता समस्याहरु देखिन्छ ।

त्यसैले गर्मी मौसममा मुहार तथबा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ यसका लागि अपनाउनुपर्ने घरेलु उपायहरु निम्न छन् ।

१. काँक्रो, गुलाबजल र कागतिको पेस्ट बनाएर त्वचामा लगाउने र १० मिनेट पछि सफा पानीले धूने गर्नाले अनुहारमा चमकआउँछ ।

२. पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ ।

३. त्यसैगरी टमाटर, दही र कागतिको रसको फेसप्याक बनाई त्वचामा लगाउने र आधा घण्टा पछि सफा पानीले धूने गर्नाले त्वचामा पोषण प्राप्त हुन्छ र त्वचा नरम हुनुका साथै चमक पैदा हुन्छ ।

४. चन्दन, नरिवलको पानी, बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *