अब अस्पतालको स्तर सेवाका आधारमा निर्धारण हुने

काठमाडौँ, २१ बैशाख । सरकारले स्वास्थ्य संस्थाहरुको वर्गीकरण अव सेवाको आधारमा गर्ने भएको छ । यसअघि शैयाको आधारमा मात्रै स्वास्थ्य संस्थाको बर्गिकरण गरिने गर्दथ्यो ।

स्वास्थ्य मन्त्रालयले पेश गरेको ‘नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड – २०७४’ आजको मन्त्रिपरिषदबाट स्विकृत भएपछि अस्पताल तथा स्वास्थ्य संस्थाको स्तर निर्धारण पहिले भन्दा फरक प्रक्रियाबाट हुने भएको हो ।

‘अव अस्पतालले दिने सेवाको आधारमा मात्रै स्तर निर्धारण हुने छ । अस्पतालले के के सेवा दिएको छ ? के कस्ता जनशक्ति, उपकरण र पूर्वाधारको व्यवस्था छ । त्यसैको आधारमा स्वास्थ्य संस्था कस्तो हो भन्ने तय हुन्छ । आज पारित मापदण्डले स्तर अनुसारको स्वास्थ्य संस्थामा न्युनतम रुपमा हुनै पर्ने मापदण्ड स्पष्टसंग उल्लेख छ,’ स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले बताए ।

नयाँ मापदण्ड अनुसार प्रत्येक वडामा स्वास्थ्य ईकाई हुने छ भने गाँउ वा नगर तहमा प्राथमिक अस्पताल हुने छ ।  जिल्ला वा अहिलेका अंचल अस्पताललाई भने तृतिय तहको अस्पतालको रुपमा कम्तीमा हरेक प्रदेशमा एउटा रहनेगरी सेवाको व्यवस्था गरिने भएको छ ।

केन्द्रीय स्तरमा भने विशिष्टीकृत अस्पताल बनाइने मापदण्डमा उल्लेख छ । मुटु, क्यान्सर, प्रस्ूति , स्वास्सप्रश्वास आदि सम्वन्धी छुट्टा छुट्टै केन्द्रीय अस्पताल बनाउने मापदण्डमा उल्लेख गरिएको छ ।

सवै प्रकारका अस्पतालमा के कस्तो सेवा सुविधा हुनु पर्ने छ भन्ने निर्देशिका वा मापदण्ड बनाउने अधिकार भने केन्द्रीय सरकारलाई नै हुने भएको छ ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *