स्वास्थ्य केन्द्रको छानो उडाउँदा उपचारमा समस्या

सोलुखुम्बु, १२ वैशाख । हावाहुरीको कारण गत शुक्रबार प्राथमिक स्वास्थ्य चौकीको छानो सबै उडाएपछि उपचारमा कठिनाइ भएको छ ।

सुविधासम्पन्न भवनको जस्तापाताको छानो सबै उडाएपछि समस्या भएको डा विमलेश शाहले जानकारी दिए। करिब एक दशकअघि निर्माण भएको सो भवनबाट बिरामीका लागि ओपिडी सेवासँगै एक्सरे सेवा, प्रसूति सेवा, सामान्य शल्यक्रियालगायतका उपचार प्रदान गरिँदै आएको थियो ।

नियमित डाक्टरको उपस्थिति र आधुनिक उपकरणबाट उपचार सुरु भएकाले बिरामीको चाप बढिरहेका बेला हावाले छानो नै उडाउँदा उपचार सेवा प्रभावित भएको छ । छानो उडाएपछि पानी पसेर उपकरण बिग्रने डरले पाल ओढाएर राखिएको छ । एउटा कोठामा पाल ओढाएर त्यहीँबाट उपचार सेवा दिइरहेको भएपनि प्रभावकारी सेवा प्रवाहमा समस्या भएको डा शाहको भनाइ छ ।

जिल्लाकै बढी जनघनत्व रहेको नेचासल्यान गाउँपालिकाअन्तर्गतको सो प्राथमिक सेवा केन्द्रको दैनिक १०० को हाराहारीमा बिरामी पुग्ने स्वास्थ्य केन्द्रले जनाएको छ । आजभोलि रुघाखोकी तथा झाडापखालाका बिरामीसमेत बढिरहेकाले झनै समस्या भएको डा शाहले बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *