घरमै गर्न सकिन्छ विभिन्न थरिका मसाज

मसाजले शरीरलाई तन्दुरुस्त त बनाउँछ नै रक्तसञ्चारलाई पनि सहज बनाउँछ । रक्तसञ्चरको सहज प्रवाहले शारीरिक र मानसिक स्फुर्ती दिलाउँछ । यसले दिनभरको व्यस्तताले गर्ने शारीरिक तथा मानसिक थकानलाई पनि ठीक गर्दछ तर लामो समय हामीलाई मसाज गरेर बस्ने फुर्सद नहुन सक्छ । केही सामान्य तरिकाले घरमै मसाज गर्न सकिन्छ ।

कपालको मसाज
यो मसाजले टाउको दुखाइलाई कम गर्छ । साथै तनावलाई पनि हटाउन मद्दत गर्छ । यसमा अमलाको तेल प्रयोग गर्दा राम्रो हुन्छ । कपाललाई पनि बलियो बनाउन मद्दत गर्छ ।

तातो ढुंगाको मसाज
यस्तो मसाज गर्न ज्वालामुखी ढुंगालाई तताउने र त्यसलाई कपडामा बेरेर शरीरको भागमा बिस्तारै दल्ने । जसले मांसापेशीमा भएको दुखाइलाई कम गराउँछ ।

कलारी मसाज
यो मसाज प्राय: गरेर कुस्ती खेलाडीहरूले गर्ने चलन छ । यसमा हर्बल तेलको प्रयोग गरिन्छ । यसले शरीरलाई लचकदार बनाउन मद्दत गर्छ ।

अकुपंचर मसाज
केही सानातिना रोगका लागि यो मसाज प्रचलित छ । यसमा शरीरको केही भागलाई हातले दबाएर विभिन्न भागको उपचार गरिन्छ ।

अरोमेटिक मसाज
अरोमेटिक मसाज गर्दा सुगन्धित तेल र मैनबत्तीको प्रयोग हुन्छ । यसले दिमागलाई शान्त बनाउँछ पिर तथा चिन्ता कम गराउँछ ।

आयुर्वेदिक मसाज
यो मसाजमा चामलको आयुर्वेदिक औषधि या तेललाई कडा रूपमा पकाइन्छ । यसलाई नरम कपडामा लगाएर शरीरमा मालिस गर्दा शरीर तन्दुरुस्त हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *