मणिपालका चिकित्सकहरुले भने, ‘प्रशासनले विरामी फर्काउने दोष चिकित्सकको हुने ?’

पोखरा, ११ बैशाख । आन्दोलनरत मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरुले घाइतेको उपचार नगरेको भन्ने समाचारको खण्डन गरेका छन् । उनीहरुले अस्पताल प्रशासनले चिकित्सकहरुलाई जानकारी नै नगराई गेटबाटै विरामी फर्काएको र दोष आफूहरुको थाप्लोमा हालि दिएको दावी गरेका छन् ।

मुस्ताङ दुर्घटनाका घाइतेहरुको उपचार नगरेको भन्दै व्यापक आलोचना भएपछि आइतबार विज्ञप्ती जारी गर्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले विज्ञप्ती भनेका छन्, ‘शनिबारको घटना भएकोले हामी अस्पतालमा थिएनौँ जति चिकित्सक थिए उनीहरुलाई जानकारी नै दिइएन ।’

विज्ञप्तीमा आफूहरुले कहिल्यै पनि इमरजेन्सी लगायत अन्य सेवामा अवरोध नपुरयाएको भन्दै अस्पतालका मेडिकल सुपरीटेन्डेनको एकल निर्देशनमा विरामी गेटबाट भित्र नै नछिराई बाहिर पठाइएको बताएका छन् । उनीहरुले अस्पताल प्रशासनले षडयन्त्रपूर्वक त्यसको दोष आन्दोलनरत चिकित्सक माथि थोपर्ने प्रपन्च रचेको भन्दै यो आन्दोलनरत चिकित्सकहरुको सुनियोजित रुपमा चरित्र हत्या गर्ने उदेश्यले सूचना बाहिर आएको आरोप लगाएका छन् ।

‘अरु त के डिउटीमा रहेका विभिन्न विभागका डाक्टरलाई समेत विरामी तथा घाइते आउदैछन भन्ने जानकारी गराइएन, मेसुको एकल दिर्नेशनमा अस्पतालमा ल्याइएका घाइतेको प्राथमिक उपचार समेत नगरी गेटबाहिरबाटै फर्काइयो । तर त्यसको दोश सबै चिकित्सकलाई दिइयो । त्यसैले घटनाको निस्पक्ष छानवीनको लागि माग गर्दछौँ ,’ विज्ञप्तीमा भनिएको छ ।

घाइतेको उपचार नगरेको समाचार सार्वजनिक भएपछि स्वास्थ्य मन्त्रालयले आइतबार नै अस्पताल प्रशासनसंग स्पष्टीकरण सोधने निर्णय गरेको छ भने सत्य तथ्य बुझ्न ३ सदस्यी कमिटी गठन गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *