ग्यास्ट्रिक समस्याबाट जोगिने सात सरल उपाय

ग्याष्ट्रिक नेपालीहरुको साझा समस्या हो भन्दा फरक पर्दैन । अस्वस्थकर खाना, समयमा नखाने बानी, अनावश्यक औषधि सेवन गर्ने बानी आदिले ग्यास्ट्रिक समस्या निराकरण गर्नुको साटो झन् बल्झाउँछ । यसबाट जोगिन के गर्ने बीर अस्पतालका पेटरोग विशेषज्ञ प्राडा भूपेन्द्रकुमार बस्नेतले सात वटा टिप्स दिएका छन् :

  • चिल्लो, पिरो, अमिलो, मसलेदार र तारेको खानेकुरा नखाने
  • रक्सी, चुरोट जस्ता धूमपान तथा मध्यपानको सेवन नगर्ने
  • सकेसम्म घरमा बनाएको खाना खाने, बाहिरको खाना नखाने
  • चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गर्ने( ग्यास्ट्रिक मात्रै होइन सबै खालका बिरामीले चिकित्सकको सल्लाहमा मात्रै औषधि सेवन गर्नुपर्छ )
  • रेसा र चोकरयुक्त खस्रा, मोटा खानेकुरा खाने
  • सागसब्जी, सलाद–फलफूल, फलफूलको रस, स्याउ, स्ट्रबेरी, मेवा, लसुन सेवन गर्ने
  • पानी प्रशस्त पिउने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *