अण्डा खाँदा हुन्छन् यी फाइदा

अण्डामा फ्याट र क्यालोरीको मात्रा कम हुन्छ। अण्डा खायो भने शरीरमा मेटाबोलिज्म बढ्छ। यसले शरीरलाई लामो समय सम्म भोक लाग्न दिदैँन।

अण्डा खानाले कोलेस्टेरोल लेवलमा कुनै असर पर्दैन। हप्तामा ७ वटा अर्थात दिनको एउटा अण्डा खायो भने फाइदा गर्छ ।

अण्डाको सेवनले शरीरमा शक्ति पैदा गर्छ । यसमा क्याल्शियम, आयरन र फस्फोरस जस्तो न्यूट्रियएसिड हुन्छ।

अध्यनका अनुसार अण्डाको सेतो भागमा भन्दा पहेंलो भागमा प्रोटिनको मात्रा धेरै हुन्छ। मानिस अण्डा प्रोटिनको लागि खान्छन् । कोही अण्डो सेतो भाग मात्र खान्छन् । तर, दिनमा एउटा पुरा अण्डा खाएमा स्वास्थ्यका लागि फाइदा जनक हुन्छ ।

अण्डामा एन्टीअक्सीडेन्ट हुन्छ जसका कारण अण्डाको सेवनले मुटु रोग र क्यान्सरको सम्भावना कम हुन्छ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भ्रुणको राम्रोसँग विकाश हुन पाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *