‘प्यारालाइसिस’ अवस्थामा पुगेकी पूर्व अधिराजकुमारी प्रेरणाको स्वास्थ्यमा सुधार

काठमाडौँ, ३ बैशाख । मस्तिष्कघात भई प्यारालाइसिस अवस्थामा पुगेकी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंहको स्वास्थ्यमा सुधार देखिएको छ । अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।

नौ दिन अघि घरमै बसेका बेला मस्तिष्कघात भएपछि सिंहलाई उपचारका लागि नर्भिक अस्पताल पुरयाइएको थियो । परीक्षणका क्रममा उनको मस्तिष्कको दाँया भागमा नसा फुटेर रगत जमेको ( सेरिवल भेनस साइनस् थम्बोसिस) पाइएको थियो ।

त्यसैको असरले उनको बायाँ भागमा कमजोरी देखा परेको थियो । उपचारमा सम्लग्न चिकित्सकहरुले पछिल्लो समय उनको बाँया खुट्टामा देखिएको कमजोरी पनामा सुधार आएको र थप साहारामा सामान्य हिडडुल गर्न थालेको बताएका छन् ।

आइतबार बेलुका अस्पतालद्धारा जारी विज्ञप्तीमा स्वास्थ्यमा सुधार आएको र बाँया खुट्टामा देखिएको कमजोरीमा पनि सुधार आएको उल्लेख छ ।

उनको उपचारमा स्नायुरोग विशेषज्ञ डा पंकज जलान र सिंहका पारिवारिक चिकित्सक किशोरजंग राणा सहभागी छन् । ३९ बर्षीया पूर्व अधिराजकुमारी सिंहको गत २५ चैत विहान घरमै रहेका बेला मस्तिष्कघात भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *