तपाईँको आँखामा कचेरा लाग्छ ? कारण यस्तो छ

एजेन्सी विहान उठ्ने वित्तिकै हामी मुख धुन्छौँ अनि फ्रेस हुन्छौँ । मुख धुने क्रममा सबैभन्दा बढी पानी आँखामा फाल्छौँ । यसरी आँखामा बढी पानी फाल्नु निन्द्राको ह्याङ फाल्न मात्रै होइन आँखा सफा होस भन्नका लागि पनि हो ।

खासगरी आँखामा जम्मा भएका कचेरा पखाल्न हो । त्यसबाहेक अनुहार सफा र फ्रेस हुने कुरा त छँदैछ ।

आँखामा लाग्ने कचेरा के हो ?
कचेरा आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीमा मरेका कोषहरु मिलेर बनेको हुन्छ । प्लीका सेमी लुनारिस नामक आँखाको भागले हर समय कचेरा बनाउने तरल पदार्थ (आँशु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

तर जब हामी सुतेका हुन्छौँ, आँखा झिम झिम हुदैन् र यो तरल पदार्थ आँखाको कुनामा जम्मा भई जम्न पुग्दछ । बाहिरको धुलो, फोहर र मरेको कोषले यसलाई जम्न अझ मद्दत गर्छ । जसबाट हरेक दिन विहान उठ्दा आँखामा कचेरा देखिन्छ ।

हरेक व्यक्तिमा प्लीका सेमीलुनारीसले फरकफरक मात्राको तरल निकाल्ने हुँदा कचेराको मात्रा पनि व्यक्तिपिच्छे फरक फरक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *