जगिंङले शरीरमा आखिर के फाइदा गर्छ ?

 

विहान विहानको दौडाई अर्थात जगिङ गर्नु शहरबासीको लाइफस्टाइल नै बनेको छ । यद्धपी काठमाडौँमा कतिपय क्षेत्रमा यतिवेला जगिङका लागि बाताबरण अनुकुल छैन् । तथापी मानिसहरु विहानै विहानै जगिङका लागि निस्किएका देखिन्छन् । हरेक दिनको दौडाइ अर्थात् जगिंङले शरीरमा आखिर के फाइदा गर्छ ? अमेरिकाको मायो क्लिनिकलगायत केही स्वास्थ्य संस्थाहरुले लामो रिसर्चपछि नतिजा सार्वजनिक गरेका छन् :

  • मांशपेशी स्ट्रेचिङ हुन्छ र बलियो बन्छ । हड्डी पनि मजबुत बन्छ ।
  • शरीरमा थुप्रिएको बोसो पग्लिएर पसिनासँगै बाहिरिन्छ र तौल घट्छ ।
  • पूरै शरीरमा रक्तसन्चार सहज हुन्छ । ब्लड प्रेसरको समस्याबाट मुक्ति मिल्छ ।
  • इन्सुलिन बन्ने प्रक्रिया ठीक भएर रगतमा सुगरको मात्रा कन्ट्रोल गर्छ ।
  • हर्ट बिट रेगुलर हुन्छ । मुटुरोगबाट बच्न सकिन्छ ।
  • शरीरमा एडरालिन नामक हर्मोन सही प्रक्रियामा बन्छ र राम्रो निद्रा पर्छ ।
  • फोक्सोको पनि कसरत हुन्छ, स्वासप्रस्वाससम्बन्धी रोगबाट बच्न सघाउँछ ।
  • दिमागमा रगत र अक्सिजनको सन्चार राम्रोसँग हुन्छ । डिप्रेसन र स्ट्रेसको समस्या हुँदैन ।
  • शरीरका कोशिकाहरु बलिया हुन्छन् र इन्फेक्सनबाट बचाउँछ ।
  • अनुहारमा रक्तसंचार राम्रो हुँदा प्राकृतिक चमक आउँछ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *