‘झिल्के मन्त्री’बाट स्वास्थ्यमा सुधार सम्भव छैन : पूर्व स्वास्थ्य मन्त्री अधिकारी

-सुधिर ढुंगेल

 काठमाडौँ, २ बैशाख । पूर्वस्वास्थ्य मन्त्री एवं नेकपा एमाले सल्लाहकार परिषदका उपाध्यक्ष खगराज अधिकारीले स्वास्थ्यका कर्मचारीहरुलाई वाईपास गरेर अघि सारिएका कार्यक्रमहरु सफल हुन नसक्ने ठोकुवा गरेका छन् । उनले बर्तामान स्वास्थ्य मन्त्री गगन थापाले दीर्घकानिल रुपमा काममा असर गर्ने गरी कर्मचारीतन्त्रलाई बाईपास गरेर अघि बढ्न खोजेको भन्दै यस्तो ठोकुवा गरेका हुन् ।

नेकपा एमाले स्वास्थ्य विभागद्धारा आज आयोजित संघीयता स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व मन्त्री अधिकारीले बर्तमान स्वास्थ्य मन्त्री थापाले ‘झिल्के प्रक्रिया’बाट काम अघि बढाएको भन्दै सफल नहुने ठोकुवा गरे । ‘उनी ‘झिल्के’ मन्त्री हुन् उनका काम गराई झिल्के प्रक्रियामा छन् । हेर्दा सबैलाई राम्रै हो कि जस्तो पनि लाग्ने तर यथार्तमा सबै भ्रम ।’

उनले स्वास्थ्यका सबै काम कर्मचारीलाई बाईवास गरि सचिवालयका कार्यकर्ताबाट गराएको भन्दै त्यसले स्वास्थ्यमा ठूलो समस्या पैदा गर्ने बताए । ‘झिल्के मन्त्री’ले कहिल्यै कर्मचारीले गरे चिकित्सकले गरे भनेको सुन्नु भएको छ ? खाली मैले गरेँ र मेरा टिमले गरेँ भन्ने मात्रै छ । यसरी त कर्मचारीको मनोवल कसरी उठछ र त्यो दीर्घकालसम्म कसरी सफल हुन्छ ?’ प्रतिप्रश्न गर्दै अधिकारीले भने ।

आफ्नै कार्यकर्ताले मात्रै स्वास्थ्य चलाएको भन्दै गर्दा स्वास्थ्यका इमान्दार कर्मचारीलाई हिनातावोध हुनसक्ने र त्यसको असर स्वास्थ्य क्षेत्रमा पर्ने बताए ।

उनले अहिले पनि विश्व जगजले आफ्ना पालामा भएका कामहरुलाई नै विश्वास गरेको दावी गर्दै मन्त्री अधिकारीले आफुले गरेका नीतिगत कामहरुलाई वर्तमान मन्त्रीले त्यसैलाई गोलमटोल गराई अघि चर्चामा आउन खोजेको आरोप लगाए ।

‘हाम्रै पालामा हो इएचएस हामीले ल्याएको कामर्यक्रम हो , अस्पतालमा फार्मेसी खोल्ने, इएचएस लागू गर्ने, चिकित्सकहरुलाई भत्ताको व्यवस्थ ागर्ने, धुमपान नियन्त्रणका लागि ९० प्रतिशत चेतावनीमुलक स्वास्थ्य सन्देश ल्याउने कुरा तर ती सबै अहिलेका झिल्के मन्त्रीले सबै आफू र आफ्नो टिमले गरेको ढ्वाङ फुक्दै हिडेका छन् । पहिले देखि नै शहरी स्वास्थ्य क्लिनिक छ, त्यसलाई व्यवस्थित गर्नुको साटो जनता क्लिनिक भनेर ल्याए तर त्यसका लागि औषधिको पैसो रकमान्तर गरेर कार्यक्रम गर्ने भने यी सबै भ्रम छर्ने र कार्यकर्ता रिझाउने कार्यक्रम हुन्,’ अधिकारीले भने । गाँउ गाँउमा विशेषज्ञ चिकित्सक पठाइएको भन्ने कुरा समेत भ्रमपूर्ण भएको भन्दै पूर्वमन्त्री अधिकारीले भने, केही ठाँउमा केही रेजिडेन्टहरुलाई पठाउँदैमा विशेषज्ञ सेवा दिइयो भन्न मिल्छ ?

करीव आधा घण्टा बोलेका पूर्व मन्त्री अधिकारीले अधिकांश समय आफ्ना पालाका काम र वर्तमान स्वास्थ्य मन्त्रीले गरेका कामको तुलना गरेर खर्चिए । सो क्रममा उनले पटक पटक स्वास्थ्यका चिकित्सक तथा कर्मचारीहरुलाई बधाई दिएका थिए । उनले भुकम्पका बेला स्वास्थ्य क्षेत्रका चिकित्सक तथा कर्मचारीले ठूलो साहसका साथ काम गरेको भन्दै सराहाना व्यक्त गरे ।

कार्यक्रममा स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्यले संघीयतामा स्वास्थ्य र आउदै गरेको स्थानीय चुनावमा पार्टीका तर्फबाट बनाइने घोषणापत्रका बारेमा छलफल हुने बताइन् ।कार्यक्रममा विभिन्न विषयका विज्ञहरुले २२ वटा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमको सहजीकरण गरेका डा. कृष्ण अधिकारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “‘झिल्के मन्त्री’बाट स्वास्थ्यमा सुधार सम्भव छैन : पूर्व स्वास्थ्य मन्त्री अधिकारी

  1. Any we want our right of health.we believe our sustainable health system. The system wiil be nice if it is not changeable according one man view. People will believe our health if out of pocket expenditure is minimum. And affordable health system. Other wise all thing are wrong.

Leave a Reply

Your email address will not be published. Required fields are marked *