कुहिनो र घुँडामा हुने कालोपन हटाउने घरेलु उपाय

कागतीको रस :

कागतीको रसमा साइट्रिक एसिड हुन्छ । कागती काटेर आधा टुक्रा कुइनो वा घुडामा समान्य रुपमा घसेर प्रयोग गर्न सक्नु हुन्छ अथवा कागतीलाई राम्ररी निचोरेर एउटा भाँडामा रस निकालेर सफ्ट जालीको माध्यमबाट ती भागमा घस्न सकिन्छ ।

अर्को उपाय कागतीको रसमा चिनी हाल्ने र विस्तारै कुहिनो र घुँडामा लगाउने केही छिन त्यत्तिकै छाडने । जव यो सुख्खा हुन्छ मनतातो पानीले यो धुने गर्नुपर्छ । तपाईले कागती काटेर कुहिनामा घोटन पनि सक्नुहुन्छ ।

केही छिन घोटेपछि तपाईले कुहिनालाई त्यतिकै छाडिदिनुस र केही छिन पछि मनतातो पानीले धुनुस र मस्चराइजर क्रिमले मसाज गर्नुस तपाईँको कुइनाको रंग बदलिन्छ वा सफा हुन सक्छ ।

नौनी र वेसारको धुलो  :

नौनी र बेसारको धुलो मिसाउनुस । त्यसबाट बनेको लेप कुहिना र घुँडामा राम्ररी लगाउनुस् । बेसारमा बीचिंगको गुण हुन्छ । नौनीले मोइस्चसाइजको जस्तै काम गर्छ । यो दुईको मिश्रणले कालो भाग हटाउन काम गर्छ । तपाईँ चाहनुहुन्छ भने यो लेप लगाएर केही बेर छाडन पनि सक्नुहुन्छ । केही क्षणपछि मनतातो पानीले धुनुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *