अब महिला कर्मचारीलाई ‘सुत्केरी विदा’ साढे ६ महिना

नयाँ दिल्ली २३ चैत । भारतमा अब महिला कर्मचारीले पाउने गर्भवती तथा सुत्केरी विदा दोब्बरले बढेको छ ।

अब उनीहरुले गर्भवती तथा सुत्केरी हुँदा कम्तीमा साढे ६ महिना (२६ हप्ता) तलवी विदा पाउनेछन् । यसअघि उनीहरुलाई तीन महिना मात्रै यस्तो विदा दिने गरिन्थ्यो ।

गत महिना लोकसवाबाट पारित मातृत्व लाभ संसोधन कानून २०१७लाई राष्ट्रपति प्रणव मुखर्जीले यसै साता प्रमाणित गरिदिएपछि  महिला कर्मचारीहरुको विदा दोब्बर बढीले बढेको हो ।

गत वर्ष राज्य सभाले सन १९६१ को संसोधित ‘मेटरनिटी लिव विल’लाई पास गरेको थियो । यसपटक लोकसभाबाटै विल पास भएपछि राष्ट्रपतिकहाँ प्रमाणितका लागि पठाइएको थियो । राष्ट्रपतिले सो विल प्रमाणित गरिदिएपछि कानून कार्यान्वयनमा आएको छ ।

सन् १९६१ को मेटरनिटी लीव विलमा बच्चाको देखभाल, भरणपोषणका लागि भन्दै तीन महिना विदा दिने व्यवस्था गरिएको थियो । संसोधित विल पास भएसंगै महिला कर्मचारीले गर्भवती तथा सुत्केरी हुँदा २६ हप्ता अर्थात ९साढे ६ महिना० तलवी विदा पाउने छन् ।

त्यस्तै ३ महिनाको शिशु धर्मपुत्रपुत्रीको रुपमा लिने महिलाले पनि तीन महिनासम्म मेटरनीटी लिव पाउने छिन् । त्यस्तै कोही महिला कर्मचारी सेरोगेट मदर बनिन भने पनि उनले तीन महिना ‘मेटरनीटी लिव’पाउनेछिन् ।

तर यो सुविधा सरकारले दुईवटा सन्तान पाँउनेका लागि मात्रै उपलव्ध गराएको स्पष्ट पारेको छ । तेस्रो बच्चाका लागि १२ हप्ताको मात्रै विदाको व्यवस्था गरिएको छ ।त्यस्तै मेटरनिटी लिव सकिए लगत्तै महिलाहरुले घरैबाट काम गर्ने सुविधा वर्क फ्रम होम को समेत व्यवस्था गरिएको छ । त्यस्तै १० भन्दा बढी महिला कर्मचारी राख्ने कार्यालयमा यो सुविधा लागू हुने र यस्तो सुविधा नलिएको खण्डमा स्वयं महिला माथि कारबाही हुने व्यवस्था भएको बताइएको छ ।

त्यसो त भारतमा प्रत्येक बर्ष १८ लाख बढी महिला कर्मचारीहरु गर्भवती तथा सुत्केरी हुने गरेको बताइएको छ । यो संगै भारत महिलाहरुलाई लामो विदा दिने तेस्रो मुलुक बनेको छ । यो भन्दा अघि क्यानडा र नर्वेले यस्तो लामो विदा दिने व्यवस्था लागू गरिसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *